नेपालस्थित भारतीय दूतावासले काठमाडौंमा विहीबार विश्व हिन्दी दिवस मनाएको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागको सहकार्यमा दूतावासले गरेको कार्यक्रमका प्रमूख अतिथि नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी थिए ।
नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाएका थिए ।
कार्यक्रममा मन्त्री अधिकारी तथा राजदूत पुरीले आदिकवि भानुभक्त आचार्यका कविताहरुको हिन्दी अनुवादसहित २ वटा हिन्दी पुस्तकको लोकार्पण गरे । कार्यक्रममा १५ कविहरुले कविता सुनाए ।
कार्यक्रममा गोपाल ठाकुर तथा गुरूदेव कामतले हिन्दीका प्रख्यात कविका कार्यहरुको साङ्गीतिक प्रस्तुति गरिएको थियो । साथै केन्द्रीय हिन्दी विभाग त्रिभुवन विश्वविद्यालयको वेबसाइट लोकार्पण पनि गरिएको थियो ।