प्रहरी जवान प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापाको कुटाइबाट गम्भीर घाइते भएका गलकोट नगरपालिका ६ हरिचौरका सोमबहादुर बस्नेतको मेजर सर्जरी (अप्रेसन) भएको छ ।
प्रहरीको कुटाईबाट पेटमा गम्भीर चोट लागेका ४० वर्षीय बस्नेतको पोखरास्थित फेवासिटी अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको हो ।
पेटमा ठूलो चोट परेकोले फियो (पेट भित्रको अंग) च्यातिएर रगत बगिरहेको उपचारमा संलग्न सर्जन डा. सुरेशराज पौडलले जानकारी दिए ।
[youtube https://www.youtube.com/watch?v=9YrzrAMVExU]