सिमामा भारतीय सुरक्षाकर्मीहरुले दुख दिएका गुनासा आईनै रहन्छन् । भारतीय सुरक्षाकर्मीहरु बर्दी र हतियारसहित सजिलै नेपाल आउने गर्छन् । तराईमा मात्र होईन काठमाडाैंमा पनि भारतीय नम्बर प्लेटका सवारीसाधन छा्याप्छायाप्ती भेटिन्छन् । नेपालका सवारी साधन भारत प्रवेशमा कडाई गरिएपनि भारतका सवारी साधन भने सिंहदरवार वरपर हिडिरहेका हुन्छन् ।
प्रहरी प्रशासनका अघि नै निर्वाध चल्ने भारतीय नम्बर प्लेटका सवारीलाई कसैले रोक्ने प्रयास नै गर्दैनन् । यस्तै विरगन्जको एक घटना भएकाे छ। सोमबार विरगंजमा भारतीय प्रहरी हिरो बन्दै बर्दि र हतियारसहित नेपाली भुभागमा बाईक कुदाइरहेका देखिए, त्यो पनि बिना हेलमेट ।
कुनै पनि भारतीय नम्बर प्लेटका सवारी साधान नेपाल भित्रीँदा अनिवार्य रुपमा पुर्जी लिनु पर्छ तर यी भारतीय प्रहरीसँग न इन्ट्री पुर्जी थियो । न सवारी चालक अनुशासन नै पालन गरेका थिए ।
नेपालमा मोटरसाइकल चलाउँदा हेल्मेट अनिवार्य लगाउनु पर्ने र र्बोडरमा उनले इन्ट्री पुर्जी लिनु पर्ने थाहा भएर पनि हेलचक्याँई गरे । तर उनले आँफु विरगंजमा मिटिङ भएर आएको र हतार हतारमा लगाउन बिर्सिएको बताए ।
नेपाल प्रहरीका अनुसार सोमबार दुई देशका प्रहरीबीच कुनै औपचारीक मिटिङ थिएन । उनले र्बोडरबाट विरगंज सम्म आउनका लागि नेपालका ९ वटा चेकिङ छल्दै आएका थिए । तर नेपाल सरकारका कुनै पनि निकायले उनलाई रोकेर उनको इन्ट्री पुर्जी र हेल्मेट चेक गरेनन् । यसबाट स्पष्ट हुन्छ सिमामा कति सम्म लापरवाही हुन्छ भनेर ।