प्रायजसो रेष्टुरेन्टको मेनुको अन्त्यमा लेखिएको हुन्छ ‘हुक्का एभाइलेवल’ । हुक्कालाई नर्घिल, अर्घिले, वाटरपाइप, हुब्बल बब्बल, गोजा, आदी नामले पनि पुराकिन्छ । कतीपय रेष्टुरेन्टहरुमा बिभिन्न रङ र साइजका हुक्का “शिशा” हरु देखिने गरी सजाएर राखिएको हुन्छ । कतीपय रेष्टुरेन्टको नाम नै “हुक्का बार” राखिएको हुन्छ । यसैबाट प्रस्ट हुन्छ आजकाल हुक्का कती लोकप्रिय रहेछ युवायुवतीहरु बिच, फेशन जस्तै बनेको छ । तर धेरै काम ब्यक्तीहरुलाई मात्र थाहा होला एउटा हुक्का पिउनु २०० वटा चुरोटको खिल्ली पिउनु भन्दा बढी हानिकारक हुन्छ । चुरोटको सर्को कहिल्यै नतानेका आजका नयाँ पुस्ताका युवायुवतीहरुले हुक्काको स्वाद चाखीसकेका छन स्याउ, आरु, नरिवल, आँप, पुदिना, कोला, स्ट्रबेरी आदी बिभिन्न फ्लेबरमा हुक्का उपलब्ध छन । हुक्कामा राखिएको फ्लेबर सुर्तीलाई चारकोलको कोइला प्रयोग गरि सल्काइने गरिन्छ । चारकोलको धुवाबाट कार्बनमोनोअक्साइड र पोल्यारोम्याटिक हाइड्रोकार्बोन निस्कन्छ जुन मानब स्वास्थ्यकोलाई अत्यन्त हानीकारक हुन्छ ।
हाम्रो बाउ बाजेको पाला देखी चिरपरीचित हुक्का नेपाली संस्कृति होइन । इतिहासअनुसार यसको उत्पति ५०० वर्षअघि पर्सियामा भएको हो पाहिन्छ । पछि यो भारत हुँदै नेपाल भित्रियो । गाउघर तिर उमेर पाकेका बुढापाकाहरुले ताने गरेको हुक्का नेपालमा पर्यटकहरुको आगमन हुन थालेपछि बिस्तारै ब्यबसायको रुपमा देखिन थाल्यो । पहिले पित्तल र काठबाट निर्मित हुने तमाखु हुक्का अहिले आकर्षक काँचका फ्लेबर हुक्काले प्रतिस्थापित गरेको छ । कुनै बेला सम्भ्रान्त वर्गको बैठकको सान हुने हुक्का अहिले सबैको पहुँचमा पुगिसेको छ । हरेक शहरको गल्ली र चोकमा खुलेका रेस्टुरेन्ट, बार आदिमा हुक्कालाई सजाएर राखेको पाहिन्छ । लेकसाइड पोखराको एक रेस्टुरेन्टमा भेटिएका एक १९ बर्शे पारखीले हुक्कालाई धुम्रपान मान्न अस्वीकार गर्छन । फ्लेवरको हुक्काको सर्को तान्दै उनी भन्छन, “हुक्कामा सूर्ती हुँदैन। फ्लेवर मात्र हुन्छ । फेरि यो धुवा त पानीबाट पास भएर फिल्टर भएर आएको हो । यो धुवामा चुरोटको जस्तो निकोटिन पनि हुँदैन ।” हुक्कालाई फेसन र मनोरन्जको साधनको रुपमा लिनेहरुको तर्क जे सुकै होस तर यथार्थमा अध्ययनहरूले भने हुक्कालाई चुरोट सेवन भन्दा कैयौ गुणा घातक हुने निष्कर्ष निकालिसकेका छन्। विश्व स्वास्थ्य संगठनको रिपोर्ट भन्छ– हुक्का सेवन गर्नेहरूले चुरोट सेवन गर्नेभन्दा २०० गुणा बढी हानीकारक धुँवाको सेवन गरिरहेका हुन्छन । चुरोट भन्दा हुक्का यस कारणले पनि बढी हानीकारक हुन्छ कि एक खिल्ली चुरोट पिउन ५-१० मिनेट समय लाग्छ भने हुक्का पिउन आधा घण्टा देखी १ घण्टा सम्म लाग्छ । चुरोट एक वा बढीमा २ जनाले शेयर गरी पिउने गरिन्छ भने हुक्का ४-५ जना भन्दा धेरैले सामुहिक रुपमा पिउने गरिन्छ । जसले गर्दा एक ब्यक्तीमा भएको रोग अर्कोमा सजिलै सक्रमण हुन सक्छ । त्यसैगरी हुक्काको पाइप राम्रो सँग सफा नगरेको अबस्थामा विभिन्न प्रकारका सरुवा रोगहरूसमेत सर्ने खतरा बढी छ । फेरी रेस्टुरेन्टहरुमा ग्राहकको भिड बढेको बेला हुक्का र पाइप राम्रो सँग सफा नै गरिन्छ भन्ने के ग्यारेन्टी छ ।
विश्वमा सुर्ती सेवनको कारण वार्षिक ६० लाख मानिसको ज्यान जाने गरेको छ । सुर्तीजन्य वस्तु चुरोट, बिँडी, पान, गुट्का, हुक्का आदिले स्वास्थ्यमा पर्ने असर बारेमा बिभिन्न देशमा बिभिन्न समयमा अध्ययन अनुसन्धान भैरहेका हुन्छन । ती सबै अध्ययनको निष्कर्ष “सुर्तीजन्य पदार्थको सेवानले क्यान्सर लगाएर प्राण घातक रोग लाग्न सक्छ । युवामाझ लोकप्रिय हुक्काले पनी ज्यान नै लिने रोगहरु उत्पन्न गराउन सक्छ । एधेपी हुक्का अन्य सुर्तीजन्य पदार्थ जस्तो हानीकारक चिज होइन भन्ने गलत विस्वास र भ्रमका कारण यस्को प्रयोग कर्ता दिनानुदिन बड्दै गएको पाहिन्छ । जस्को कारण हुक्का सेवन गरेको फोटो सामाजिक सन्जालमा सजिलै राखिन्छ । चुरोट पिएको, बियर पिएको फोटो देखाउन लाज मान्नेहरु हुक्का पिएको फोटो भने सजिलै अपलोड गरेको पाहिन्छ । जसले गर्दा जुनियर्सहरु त्यसबाट बढी प्रभाबित भए अनी प्रयोगकर्ताको बढ्दै गए । प्रायजसो रेस्टुरेन्टहरुमा १५ देखी २५ बर्ष समुहका युवा युवतीहरु हुक्काको प्रयोग गर्ने गरेको एक सर्बेक्षणले देखाएको छ ।
क्यान्सर इपिडिमियोलोजी, बायोमार्कर्स एन्ड प्रिभेन्सन जर्नलमा सान डिआयो स्टेट युनीभर्सिटीका शोधकर्ता नाडा कासिमले उल्लेख गरे अनुसार हुक्का प्रयोग गर्ने र त्यसको धुवाँ सुँघ्न बाध्य मानिसमा खतरनाक रसायन बेन्जिनको प्रभाव परेर रक्तक्यान्सर ल्युकेमिया हुने सम्भावना बढ्ने देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनले बेन्जिनलाई एक नम्बरको क्यान्सरजन्य तत्व मानेको छ । बेन्जिनको कुनै पनि स्तरको मात्रा मानिसलाई हानिकारक हुन्छ । हुक्काको धुवा तान्नु बेन्जिनको प्रभावमा पर्नु हो र यसै कारणले हुक्काको सम्बन्ध ल्युकेमियासँग छ । हुक्कामा प्रयोग गरिने लोकप्रिय सुर्ती मोजेलमा स्वादका लागि ३० प्रतिशत सुर्तीलाई मोलासेस तथा ग्लेसेरिन र रसायनिक तत्वसँग मिसाइएर तयार पारिएको हुन्छ । कासिमको टोलीले सन् २०१३ मा अनुसन्धान गर्दा अमेरिकी कलेजका २६.६ प्रतिशत पुरुष र २३.२ प्रतिशत महिलाले कुनै बेला हुक्का प्रयोग गरेको तथ्य थाहा पाएको थियो । कासिमको अनुसन्धानको निष्कर्ष अनुसार हुक्काले ल्युकेमियाको खतरामा मात्र बढाउँदैन, फोक्सो र मुखको क्यान्सर तथा मुटुको रोग लाग्न सक्छ । अनुसन्धान टोलीले हुक्का प्रयोग गर्ने एक सय पाँच जना र प्रयोग नगर्ने एक सय तीन जनाको पिसाबमा बेन्जिनको एक स्वरूप एस– फिनायलमरक्याप्चरिक एसिड (एसपीएमए) जाँच गरेको थियो । जसअनुसार हुक्का प्रयोग गर्नेहरूको पिसाबमा एसपीएमएको मात्रा ४.२ गुणाले बढको देखियो । अर्कोतर्फ हुक्का प्रयोग गर्नेहरूको समूहमा बसेका धूमपान नगर्नेहरूको पिसाबमा समेत २.६ गुणाले एसपीएमए बढेको थियो । विशेषज्ञले भनेका छन हुक्कामा प्रयोग हुने तम्बाकु (सुर्ती) शिशामा पनि त्यहि कार्सिनोजेनिक तत्व हुन्छ, जुन सिगरेटको तम्बाकुमा पनि हुन्छ । यूसीएलका शोधकर्ताले हुक्का पिउनेमा कम अवधिमा मुटुको बिरामी हुने उत्तिकै संभावना हुने गर्छ जति धुमपान गर्नेमा हुन्छ । हुक्का किशोर र युवामा अधिक लोकप्रिय भइरहेको छ । करिब १० प्रतिशत किशोर-किशोरी हुक्का पिउन शौखिन छन् । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अध्ययनमा भनिएको छ कि हुक्कामा प्रयोग गर्ने तम्बाकुमा फल र केन्डी जस्तै फ्लेवर हुने गर्छ । प्रमुख शोधकर्ता मेरी रेजाक हानाका अनुसार यही कारणबाट यो युवामा अधिक लोकप्रिय छ । धेरै मानिसलाई लागेको छ कि विभिन्न फ्लेवरको धुँवा पानीबाट पास भएर फोक्सोसम्म पुग्दा फिल्टर भइसक्छ । यही भ्रमले गर्दा तम्बाकु (सुर्ती) भन्दा सुरक्षित छ बन्ने गलत विश्वास लिन पुग्दछन । हुक्कालाई धुम्रपानको रूपमा नलिने युवा धेरै छन । तर बास्तबिकाता भने डरलाग्दो छ । विशेषज्ञले बताएका छन, ‘हुक्कामा तम्बाकु सँगै निकोटिन लगायत तार, कार्बनमोनोअक्साइड, आर्सेनिक, लिड, क्रोमियम, कोबाल्ट, निकेल, एक्रोलिन जस्ता अनेकौ प्राण घातक तत्वहरु रहेका हुन्छन । हुक्काको स्वाद बढाउनको निम्ती स्याउ, कफी, स्ट्राबैरी, अंगूर, चकलेट लगायत थुप्रै फ्लेवरहरुमा पाहिने हुनाले हुक्का हानीकारक हुँदैन भन्ने गलत मानसिकताको बिकास भएको पाहिन्छ । त्यसैले गर्दा आजका युवाहरुलाई हुक्काले आकर्शित गरेको छ । धेरैलाई थाहा नहुन सक्छ फ्लेबर सिर्फ स्वादको लागि हो, जस्लाई बिभिन्न रसायनहरु मिलाएर तयार गरिएको हुन्छ । जुन स्वास्थ्यको लागि निकै हानीकारक हुन्छ । फ्लेबर र असली फ्रुटमा कुनै सम्बध नै रहेको हुँदैन ।
हुक्काप्रतिको भ्रम तथा सत्यहरु यसप्रकार रहेको पाहिन्छ ।
१. हुक्काको कुलतमा सजिलै फसीदैन किनभने त्यसमा सूर्तीजस्तो निकोटिन हुँदैन । तर आजकल रेस्टुरेन्टमा हेर्दा युवायुवतीहरुको पहिले रोजाइ नै हुक्का हुने गरेको छ । हुक्कामा निकोटिन, तार, कार्बनमोनोअक्साइड, आर्सेनिक, लिड, क्रोमियम, कोबाल्ट, निकेल, एक्रोलिन जस्ता अनेकौ प्राण घातक तत्वहरु रहेका हुन्छन । चुरोट भन्दा कैयौ गुणा निकोटिन, १० गुणा कार्बनमोनोअक्साइड, २५ गुणा टार, ५० गुणा लिडको मात्रा हुक्कामा रहेको हुन्छ ।
२. हुक्कामा निकोटिन हुँदैन भ्रम रहेको छ । तर हुक्कामा निकोटिन मात्र होइन बिभिन्न क्यान्सर जन्य पदार्थ रहेको अनुसन्धानबाट पत्ता लागिसकेको छ । हुक्कामा सुर्तीलाई तातो बनाई धुवाँ उत्पन्न गर्न बलिरहेको चार्कोल प्रयोग गरिन्छ, यसअतिरिक्त अन्य विषाक्त तìव पनि हुन्छन् ।
३. हुक्कालाई धुम्रपान मानीदैन, अर्को भ्रम । तर हुक्का चुरोट भन्दा २०० बढी हानीकारक हो भन्ने पुषटी भाईसकेको छ । साथै हुक्कामा कार्वनमोनोअक्साइड समेत हुने गरेको तथ्य पत्ता लागेको छ ।
४. एक हुक्काले ५-६ जना साथीहरु सङै रमाइलो गर्न सकिन्छ । वास्तवमा एउटै हुक्कालाई ५-६ जनाले शेयर गर्ने हुनाले यो चुरोट भन्दा जह्न बिशालु हुने गर्दछ । साथै धेरै जनाले शेयर गर्दा बिबिध रोगहरुको सक्रमन हुने सम्भावना रहन्छ ।
५. हुक्काको धुवाले क्यान्सर लाग्दैन । यो ठुलो भ्रम हो । हुक्काको धुवामा क्यान्सर गराउने बेन्जिन, तार, तथा अन्य क्यान्सर जन्माउने तत्वहरु रहेको हुन्छ ।
६. हुक्काको असर दिर्घकालीन हुँदैन । यो पनि भ्रम हो । सुर्तीजन्य पदार्थहरुले जस्तै हुक्काले पनि दिर्घकालिन असरहरु गर्दछ । जस्तै दम, मुटु सम्बधी रोग, श्वासप्रश्वास सम्बन्धी रोग, क्यान्सर, पल्मोनरी इन्फेक्सन जस्ता दिर्घकालिन रोगहरु लाग्ने सम्भावनहरु हुक्का प्रयोग गर्ने हरुलाई हुन्छ ।
आजको युवापिडीले पिएको चुरोट र हुक्काको धुवाले भोलीको पुस्तालाई समेत निगोरी बनाइरहेको छ । सरकारी तथा गैर-सरकारी सबै तह र तप्काका ब्यक्ती तथा सस्थाहरुले सबै प्रकारका धुम्रपान तथा मध्यपानको कुलत बाट नलाग्न र कुलतमा परेकाहरुलाई छुटाउन समय मै ध्यान दिन जरुरी छ ।