अमेरिका नेपाल सहयोगी समाजको अध्यक्षमा तिम्सिना निर्वाचित

अमेरिका नेपाल सहयोगी समाजको अध्यक्षमा तिम्सिना निर्वाचित
जनसरोकार

भर्जिनियाको मनासस शहरमा सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजको अध्यक्ष पदमा केदारप्रसाद तिम्सिना निर्वाचित भएका छन । नव निर्वाचित समितिमा पुरुषभन्दा महिलाको सहभागिता ज्यादा रहेको छ ।

बार्षिक साधारण सभामा नव निर्वाचित कार्यकारी समितिले सपथ ग्रहण गर्नुको साथै पद हस्तान्तरण कार्यक्रम समेत सम्पन्न भएको छ । एएनएचएस स्थापना काल देखि नै सक्रिय भूमिका निर्वाह गर्दै आएका नव निर्वाचित अध्यक्ष तिम्सिनाले सबैलाई धन्यबाद दिएका छन् ।

तिम्सिनाले पहिलो समितिले गर्न नसकेका कामलाई निरन्तरता दिने बताए । उन्ले समाजले के चाहान्छ ? समाजका सरसल्लाह र सुझाव लिएर अगाडि बढ़ने बताए ।

स्थापना कालदेखि नै निकै क्रियाशील रहेको संस्थामा अहिले सम्म निर्वाचित भएका सबै कार्यकालका नेतृत्व तथा पदाधिकारीहरु सर्वसम्मतिबाट नै सबै पद निर्बिरोध चयन गर्दै आई उदाहरण बनेको छ ।

भर्खरै निवर्तमान अध्यक्ष बनेकी कमला खरेलले हामी परिवार भएकोले यस संस्थालाई सदैव आफ्नो साथ र सहयोग रहने बताईन । आगामी मे १८ र १९ तारिखका दिन गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचनको व्यापक प्रतिस्प्रद्धा भै रहेको अवस्थामा निर्बिरोध हुनुले समुदायमा राम्रो संदेश दिन सफल भएको छ ।

निर्वाचन समितिमा एएनएचएसका संस्थापक अध्यक्ष सागर कडेल,कमल भट्टराई र उत्तम गौतम रहेका थिए । निर्वाचन आयुक्त रहेका कमल भट्टराईले सपथ ग्रहण गराएका थिए ।

साधारण सभामा महा सचिव तथा कोषाध्यक्ष को प्रतिबेदन समेत प्रस्तुत गरिएको छ । निर्वाचित हुने पदाधिकारीहरुमा अध्यक्षमा केदार प्रसाद तिम्सिना वरिष्ठ उपाध्यक्षमा जानुकी ओझा, उपाध्यक्षमा रमेश ढकाल, महासचिवमा हरिराम भण्डारी, कोषाध्यक्षमा राम भक्त अधिकारी, सचिवमा आरती सिग्देल निर्वाचित भएका छन् ।

कार्यकारी समिति सदस्यहरुमा क्रमस मन्जु थापा, लक्ष्मी रेग्मी, मौसम श्रेष्ठ, यज्ञ चापागाई, क्षितिज न्यौपाने, बिष्णु केसी, संगीता लामा तथा कामना अधिकारी पन्थी निर्वाचित भएका छन् ।

साधारण सभामा दोश्रा पुस्ताका किशोरीहरुले नृत्य प्रस्तुत समेत गरेका थिए । यसको साथै एएनएचएस को बिधान समेत संसोधित भई पारित भएको छ ।

Post Comment