भारतीयहरुले कसरी लिन्छन् नेपाली नागरिकता ?

भारतीयहरुले कसरी लिन्छन् नेपाली नागरिकता ?
जनसरोकार

अहिले पनि भारतका धेरै नागरिकहरुले नेपालको समेत नागरिकता लिएका छन् । भारतको बिहार राज्य स्थित लुरफुल्लापुर दरभंगाका अशोक गुप्ताले अशोक साहको नाममा नेपाली नागरिकता लिए । भारतको बिहार स्थित लत्तिफुल्लाहपुर ३ बेनिपुर दरभंगाबाट आधार कार्ड लिएका छन् । उनका पिताको नाम रवि साह छ । यिनै अशोक गुप्तालाई जिल्ला प्रसासन कार्यालय महोत्तरीले जन्मको आधारमा नेपाली नागरिकता दिएपछि नेपाली नागरिक अशोक साह बनेका छन् ।

जिल्ला प्रसासन कार्यालय महोत्तरीबाट २०६५ सालमा बगडा ३ ठेगाना राखेर बाबु रवि साहकै नामबाट नागरिकता लिएका छन् । उनको नागरिकता नम्बर १८३०४०÷८२ छ । यति मात्रै होइन उनकी श्रीमतीले समेत नेपाली नागरिकता लिएकी छिन् । श्रीमान अशोक साहको नामबाट उनले पनि २०६५ सालमा नागरिकता लिएकी छिन् ।

उनीहरुको नक्कली नागरिता छ भनेर पटक–पटक जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयमा निवेदन परिसक्यो । निवेदन मात्र होइन छानविनका लागि पत्र पनि काटिए तर पनि उनको यस्तो सेटिङ छ कि उनको नागरिता खारेज नै हुदैन ।

अशोक साह एक प्रतिनिधि पात्र मात्र हुन् । अधिवक्ता बालकृष्ण न्यौपानेका अनुसार अशोक जस्तै अन्य भारतीयले अनेक प्रोपागाण्डा अपनाएर नेपाली नागरिकता लिने गरेका छन् ।

कसरी लिन्छन् त भारतीयहरुले नेपाली नागरिकता ?
नम्बर १– जिल्ला प्रशासन, वडा कार्यालयहरुका अधिकारीरुलाई आर्थिक प्रलोभनमा पारी नागरिकता लिने ।

नम्बर २– नेपालकी चेली भारतमा बिहे हुने भयो भने भारतीयले नेपाली नागरिकता बनाइदिए दाइजो नलिने भन्दै सर्त राख्ने र ससुराले ज्वाँईलाई छोरा बनाएर नागरिकता दिने ।

नम्बर ३– अहिले जन्मको आधारमा नागरिकता पाउने भएपछि बच्चा जन्माउनैका लागि समेत नेपालका अस्पतालमा आउने र अस्पतालले दिएको रेकर्डका आधारमा नागरिकताको सिफारिस लिने ।

नम्बर ४– भारतीय नागरिकले नेपाली नागरिकता लिन नेपाल भारतबीच भएको सन १९५० सन्धीको सुविधा लिएर नेपाल छिरेका व्यक्तिहरुले २०६३ सालमा ४६ सालमा जन्मेको देखाए भने २०७२ सालको संविधानले २०७२ असोज २ गतेसम्म जन्मेका लागि नेपाली नागरिकता दिने व्यवस्था ग¥यो ।

नम्बर ५– राज्यले पटक–पटक राजनीतिक परीवर्तनपछि विभिन्न माग पूरा गर्ने नाममा जन्मका आधारमा नागरिकता पाउने आधार मिति परीवर्तन गर्दा धेरै भारतीयले नागरिकता पाए ।

Post Comment