कुवेतमा चार वर्षदेखि अवैध बस्दै आएकी माया गुरुङले तनहुँका खेम बिकलाई छुरी प्रहार गरी हत्या गरेकी छिन् ।
एउटै कोठामा ‘लिभिङ टुगेदार’ को रुपमा वस्दै आएका तनहुँका खेम विकलाई बुधबार छुरी प्रहार गरी हत्या गरेकी हुन् ।
प्रहरीले गुरुङलाई पक्राउ गरेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ। विकको शव पोष्टमार्टमको लागि फरेन्सिक विभागमा लगिएको छ ।
उनीहरु कुवेतको मंगाफस्थित ब्लक–४ मा बस्दै आएका थिए। माया घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी हुन्। उनी आफ्नो मालिक छोडेर पछिल्लो समय खेमसँग वस्दै आएको हो।