जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देखि तीन दिनसम्म लगातार मौसममा बदली हुने जनाएको छ ।
विभागको दाबीअनुसार शनिबार, आइतबार र सोमबार मुलुकका अधिकांश स्थानमा चट्याङ हावाहुरीसहित भारी वर्षात हुनेछ ।
त्यस क्रममा असिनासमेत पर्नेछ । भारतको राजस्थानबाट आउने न्यूनचापीय वायु, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा उतारचढाव आउने मौसमविदले जनाएका छन् ।
विभागले मौसममा हुने अदलीबदलीका कारण सतर्क रहन सर्वसाधारणमा आग्रह गरेको छ ।