त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या ७ पुग्यो (नामावलीसहित)

त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या ७ पुग्यो (नामावलीसहित)
जनसरोकार

धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दा मृत्यु हुनेको संख्या सात पुगेको छ । शनिबार बेलुका झापाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको बस आज बिहान त्रिसुलीमा खसेको हो ।

मृत्यु हुनेमा काठमाडाैं चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाडाैं थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षका विशाल गिरी र धादिङका राजन आचार्यको ज्यान गएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

त्यस्तै प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डेको पनि मृत्यु भएकाे छ तर उनीहरूकाे ठेगाना खुलेको छैन । घाइते मध्ये १७ जनाको काठमाडाैं ट्रमा सेन्टरमा पठाइएकाे प्रहरीले जनाएकाे छ । अन्यको स्थानीय गजुरी, आदमघाट, मलेखु लगायतका अस्पतालहरुमा उपचार भइरहेको छ।

दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको छ ।दुर्घटनाको कारण खुल्न सकेको छैन।

Post Comment