युएस-नेपाल न्युज, काठ्माण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि मादक पदार्थ सेवन (मापसे) चेकिङ गर्ने भएको छ।
मंगलबार सरकारका प्रवक्ता युवराज खतिवडाले लकडाउन खुलेको घोषणा गरेसँगै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मापसे चेकिङ गर्न लागेको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।
‘हामीले बुधबारदेखि कडाइका साथ मापसे चेक गर्न लागेका छौं,’ ‘मापसे गर्ने क्षेत्रमा निगरानी बढाउँछौं र मापसे गरी चलाएको भेटिएमा कारबाही गर्छौं। उनका अनुसार उपत्यकाका विभिन्न स्थानमा रातिको समयमा ३९ स्थानमा ‘चेक पोइन्ट’ राखिनेछ।