घुस खाने चार जना प्रहरी निलम्बनमा

घुस खाने चार जना प्रहरी निलम्बनमा
जनसरोकार

युएस नेपाल न्युज, काठ्माण्डौ । बागमती प्रहरी प्रदेश कार्यालयले घुस खाने चार जना प्रहरीलाई निलम्बन गरेको छ। बुधबार प्रदेशका विभिन्न जिल्लामा कार्यरत चार जना प्रहरीलाई निलम्बन गरेको प्रदेश कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरीले जानकारी दिए।

प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र चितवनमा कार्यरत ४ जना प्रहरी कर्मचारीहरुले सवारी चालकसँग घुस लिएका थिए।

उनीरूलाई प्रदेश कार्यालयले सोमबार नियन्त्रणमा लिई छानबिन थालेको थियो। एसएसपी गिरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान गर्न निलम्बन गरिएकाे हो।

 

 

Post Comment