आगामी मार्च ५ तारिख आइतबारका दिन एनआरएन इलिनोई च्याप्टरले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर एनआरएन अमेरीकाका बर्तमान केन्द्रिय अध्यक्ष , बरिष्ठ उपाध्यक्ष लगायत बिभिन्न पदाधिकारी तथा एनआरएन का अभियन्ताहरुको उपस्थितिमा सिकागोमा एक भब्य कार्यक्रमको आयोजना गर्ने भएको छ।
एनआरएन को सदस्यता नबिकरण तथा नया सदस्यता दर्ताको समय पनि परेकोले यो कार्यक्रमलाई बिशेष महत्वका साथ हेरिएको छ। बर्तमान सन्दर्भमा एनआरएन को भूमिका, यसको महत्व र आगामी कार्यक्रमका बारेमा इलिनोईबासीसंग प्रत्यक्ष सम्वाद गराउने उद्धेश्यले सो कार्यक्रमको आयोजना गर्न लागिएको कुरा एनआरएन इलिनोई च्याप्टरका सचिब सत्य नारायण चौधरीले बताउनु भयो ।
कार्यक्रमलाई उपलब्धि मुलक बनाउन सिकागोका सम्पूर्ण स्थानिय संघ संस्था तथा बिभिन्न पेशा, वर्ग र समुदायका नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई बिभिन्न माध्यम बाट आह्वान गरिएको र सो कार्यक्रममा भाग लिन छिमेकी राज्यबाट समेत एनआरएन अभियन्ताहरु आउनु हुने जानकारी प्राप्त भएको कुरा सचिब चौधरीले बताउनु भयो।
सो कार्यक्रम 1020 W Bryn Mawr Ave, Chicago, IL 60660 अवस्थित प्रेसबाइटेरिअन चर्चको सभाहलमा दिउसो १ बजे शुरू हुने जनाइएको छ।