सिकागो, अमेरिका । गत मार्च ५ तारिख २०१७ आईतबारका दिन एनआरएन इलिनोई च्याप्टरको आयोजनामा १०७ औं अन्तर्राष्ट्रिय महिला दिवस तथा एनआरएन को मेम्बरसिप ड्राइभ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
एनआरएन केन्द्रिय समन्वय समिति अमेरिकाका अध्यक्ष डा. केशब पौडेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका बिशेष अतिथि नेपाल सरकारका पुर्ब पर्यटन मन्त्री रेवती प्रसाद भुषाल थिए । त्यस्तै अतिथिका रुपमा केन्द्रबाट एनआरएन, एनसीसी का प्रथम उपाध्यक्ष कृष्ण पोख्रेल, क्षेत्रीय उपाध्यक्ष राम सी पोख्रेल, एनआरएन, एनसीसी का सल्लाहकार सुनिल शाह तथा एनसीसी महिला को-अर्डिनटर राधा पौडेल को उपस्थिती थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनसीसी महिला को-अर्डिनटर राधा पौडेलले नेपाली समाज जस्तो परम्परागत समाजमा समय सापेक्ष सुधारका लागि महिलाले खेल्न भूमिकाका सम्भावनाका बारेमा प्रष्ट पार्दै अमेरिकामा बसेर आफुले देखेको लैंगिक समानताको बिशेसतालाई मनन गरि एनआरएन मार्फत नेपालका पिछडिएका क्षेत्रका दिदि बहिनीहरु सम्म चेतना मुलक कार्यक्रमहरु लिएर जानु पर्ने बताउदै बढि भन्दा बढी गैह्र आवासिय नेपालीहरुले एनआरएन को सदस्यता लिनु पर्ने धारणा राखिन । अतिथिकै आसन बाट एनआरएन, एनसीसी का सल्लाहकार सुनिल शाहले बिश्वको बिकसित मुलुकमा हामी बसे पछि यहॉको बिकाशका अबधारणाहरु लाई हाम्रो देश सम्म लैजाने एउटै सुत्र भनेको एनआरएन भएको हुनाले सबैले एनआरएनको सदस्यता लिन अनुरोध गरे ।
सिकागोको स्थानिय संस्स्था सिकागोल्याण्ड नेपाली फ्रेन्डसिप सोसाइटिका अध्यक्ष टेकराज पौडेलले एनआरएन एउटा संस्था मात्र नभई यो एउटा अभियान भएको हुनाले यसलाई अझ सहभागिता मुलक बनाउनु पर्ने कुरामा जोड दिए । नेपाल सरकारका पर्यटन दुत बाला घिमिरेले एनआरएन लाई अझ सवल बनाई नेपालको आर्थिक बिकासमा समेत सहभागी बनाउनु पर्ने धारणा राखे । एनआरएनका प्रथम उपाध्यक्ष कृष्ण पोखरेलले आगामी दिनमा एनआरएन लाई अझ क्रियाशील बनाउदै गैह्र आवासिय नेपालीहरुको हितमा प्रयोग गर्न सकिने भएको हुनाले सबै प्रबासी नेपालीहरुले यसमा हातेमालो गर्नु हुने आशा व्यक्त गरे । क्षेत्रीय उपाध्यक्ष राम सी पोख्रेलले एनआरएन लाइ अझै सबैको पहुच पुग्ने संस्थाको रुपमा अगाडी लैजानु पर्ने बिचार ब्यक्त गरेका थिए ।
बिशेष अतिथिको आसनबाट नेपाल सरकारका पुर्ब पर्यटन मन्त्री रेवती प्रसाद भुषालले नेपालको सर्बाङ्गिण बिकासकालागि एनआरएन अमेरिका एउटा ठुलो साझेदारको रुपमा उपस्थित हुन लागेको हुनाले सबै गैह्र आवासिय नेपालीहरुलाई यो अभियानमा सहभागी हुन अनुरोध गरे । स्थानिय समाजसेवी तथा नेपाल अमेरिकन सेन्टरका अध्यक्ष डा. बिष्णु फुयालले एनआरएन को महत्व माथि प्रकाश पार्दै आगामि दिनमा यसलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने तर्फ सबैको ध्यान जानु जरुरी भएको बिचार व्यक्त गरे । प्रमुख अतिथिको आसानबाट एनआरएन केन्द्रिय समन्वय समितिका अध्यक्ष डा. केशब पौडेलले स्थापनाकाल देखि नै एनआरएन ले सबै गैह्र आवासिय नेपालीको साझा घरको भूमिका निर्बाह गर्दै आएको र आफ्ना सिमित स्रोत साधनलाई अधिकतम उपयोग गरि सर्बसाधारणको हितका धेरै कामहरु गरेको कुरा बताउदै आगामी दिनमा गरिने अल्पकालीन तथा दिर्घकालिन योजनाहरुका बारेमा प्रष्ट पार्दै एनआरएन लाई बढी भन्दा बढी जनसहभागिताको खाँचो रहेको कुरा प्रष्ट पार्दै आगामी मार्च १५ तारिख सम्म एनआरएन को सदस्यता लिएर सो अभियानमा सहभागी हुन जनसमुदायलाई आग्रह गरेका थिए ।
सो अबसरमा एनआरएन इलिनोई च्याप्टरका सचिब सत्यनारायण चौधरीले बिगत दुइ बर्षमा गरिएका कामहरुको फेहरिस्त प्रस्तुत गर्दै स्टेट च्याप्टरका आगामी दिनको योजनाहरुको जानकारी दिए । एनआरएन इलिनोई च्याप्टरले सिकागोल्याण्ड मा एउटा सामुदायिक भवनको निर्माणकालागि सबै स्थानिय संघ संस्था र बुद्धिजिविहरु संग छलफल गरि ठोस निकास निकाल्न पहल गर्ने निर्णय अनुरुप च्याप्टरको तर्फबाट पारित गरिएको अबधारणा पत्र सार्बजनिक गरेका थिए । स्थानिय समाज सेवी दक्षिणा दाहालले संचालन गरेको कार्यक्रममा सिकागोल्याण्ड नेपाल फ्रेन्डशिप सोसाइटिकि सदस्य सृजना चापागाईंले अतिथिहरुलाई स्वागत गरेकि थिइन ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति इलिनोइई च्याप्टरका अध्यक्ष भोजराज घिमिरे, एनमाका भूतपूर्व अध्यक्ष तथा छिमेकी राज्य ईण्डियानाका समाजसेवी गोपेंद्र भट्टराई, मधेशी अमेरीका एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र चौधरी, थारु एण्ड फ्रेन्ड एसोसिएसनका उपाध्यक्ष काशी प्रसाद सिंह, सिकागोल्याण्ड थारु सोसाइटीका अध्यक्ष सुरेन्द्र चौधरी, आइवाका स्थानिय ब्यवसायी तथा एन।आर।एन।अभियन्ता पुरुशोत्तम बोहोराले पनि सम्बोधन गरेका थिए। । सो कार्यक्रमको अध्यक्षता गर्न इलिनोइ च्याप्टरका अध्यक्ष सुमन वस्तीलाई अनुरोध गर्दा अन्तर्राष्ट्रिय महिला दिवसको दिन भएको हुनाले सो कार्यक्रमको अध्यक्षता स्थानिय मैया देबी कार्कीलाई समर्पण गरि आफु अतिथिको रुपमा बसेका थिए ।
कार्यक्रमको अन्त्यमा सहभागीहरुका जिज्ञासालाई एनआरएन, एनसीसी का प्रथम उपाध्यक्ष कृष्ण पोख्रेल र क्षेत्रीय उपाध्यक्ष राम सी पोख्रेलले सम्बोधन गर्नु भएको थियो ।