गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को आगामी निर्वाचन २०१७-२०१९ कार्यकालका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेदवारहरु बिभिन्न राज्यमा भ्रमण गर्ने क्रम जारी छ ।
बर्तमान कार्य समितिका अध्यक्ष समेत रहेका केशव पौडेल जस्ले हिजो मात्रै आधिकारिक रुपमा अध्यक्ष पदका लागि उम्मेद्वारी दिए – उनि शुक्रबार ईन्डियाना, शनिवार केंटकीका दुई शहर र आईतवार न्यूयोर्कमा सदस्यता बितरण तथा नवीकरणका लागि रहने छन् ।
हालका बरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी कृष्ण पोखरेलले बिहिबारबाट आफ्नो यात्रा सुरु गरेका छन् । उनि सदस्यता बितरण तथा नवीकरणका लागी शुक्रबार नर्थ क्यालेरिनामा रहने छन् त्यस लगत्तै न्यू जर्सि र गृह राज्य न्यूयोर्कमा व्यस्त हुने छन् ।
बर्तमान उपाध्यक्ष समेत रहेका अध्यक्षकै अर्का प्रत्यासि राम सि पोखरेल सदस्यता बितरण तथा नवीकरणका लागि घर दैलो कार्यक्रम गर्दै छन । गृह राज्य टेक्ससका प्रमुख शहरहरु डलास, हुस्टन,अस्टिन र लुबक मा व्यस्त हुने छन् । सप्ताहन्त पछी भने उनि ईन्डियाना बोस्टन र भर्जिनिया लगाएका क्षेत्रमा जाने तयारीमा छन् ।
पौडेल, र पोखरेलद्वय गत सप्ताहन्तमा सिकागोमा सदस्यता बितरण तथा नवीकरणमा व्यस्त थिए ।
यस्तै अर्का बर्तमान उपाध्यक्ष तथा अध्यक्ष प्रत्यासी रुविना थापा भने यो हप्ता सदस्यता बितरण तथा नवीकरणका अभियानलाई क्यालिफोर्निया केन्द्रित गर्ने छिन । उनि ११ मार्चमा क्यालिफोर्निया च्याप्टरद्धारा आयोजित महिला दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि हुने छिन् भने १२ मार्च पछि सान फ्रान्सिस्कोमा प्रमुख एजेन्डाहरु र सँस्थाबारे अन्तरकृयामा समेत सहभागी हुने छिन् ।
गएको हप्ता थापा न्यूयोर्कमा व्यस्त थिइन।
गएको बुधबार आधिकारिक रुपमा अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका अर्का उपाध्यक्ष डिल्ली भट्टराई – यो अन्तिम सप्ताहन्त भएकाले पनि आफ्नो गृह राज्यमा नै सदस्यता बितरण तथा नवीकरणमा बढि ध्यान दिने योजना अनुसार क्यालिफोर्नियामा व्यस्त रहने छन।
टेक्सस बाटै अध्यक्षकै अर्का प्रत्यासि तथा सफल व्यवसायि गौरी जोशी यस हप्ता गृहराज्य टेक्ससमा व्यस्त रहेका छन् । पोखरेल र जोशी दुई प्रभावकारी उम्मेद्वार एकै ठाउ बाट प्रत्यासी हुनाले यस पटक टेक्सस बाट न्यूयोर्क बाट मा भन्दा पनि बडी सदस्य बन्ने हल्ला चली रहेको छ ।
गएको हप्ता सदस्यता बितरण तथा नवीकरणका लागी जोशी क्यालिफोर्नियामा व्यस्त थिए ।
यस्तै न्युयोर्क च्याप्टर अध्यक्ष रहेका टिम्वा शेर्पा पनि आफ्नो गृह राज्य न्युयोर्कमा सदस्यता वितरण व्यस्त रहने भएका छन। न्युयोर्कमा नै आफुलाई व्यस्त राखेका शेर्पा आगामी दिनमा आवश्यकता अनुसार अरु राज्यको भ्रमण गर्ने भएका छन।
सम्पादक: हामीले अथक प्रयास गर्दा पनि अध्यक्षका अन्य प्रत्यासिसँग सम्पर्क गर्न सकेनौं।