गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को आगामी निर्वाचन २०१७-२०१९ का लागि उम्मेदवारहरुले सदस्यता बितरण गरिराखेका छन् । निर्वाचन नजिकिदै जाँदा सदस्यताको संख्यामा पनि तिब्र रुपमा बृद्धि भैरहेको छ । यसैबिच सदस्यता लिन ४ दिन मात्रै बाँकि रहँदा आज सम्म ५हजार ३ सय ६८ जनाले साधारण सदस्यता लिएका छन् भने २ सय ९९ जनाले आजिवन सदस्यता लिएका छन् ।
हाल सम्म कोलराडो बाट १सय ३४ जनाले सदस्यता लिएका छन् भने क्यालोफोर्निया ७ सय ६१, टेक्ससबाट १ हजार ६ सय ५६, न्यूयोर्कबाट १ हजार १८,मेरिल्याण्डबाट ३ सय ३,भर्जिनिया बाट २ सय ६८ जनाले सदस्यता लिएका छन् । यस्तै गरि अन्य स्थानबाट पनि सदस्यता लिनेको संख्या बढिरहेको छ ।
सदस्यता हेर्नका लागि https://members.nrnnccusa.org/view