नेप्लीज एसोसिएशन अफ ईन्डियानाको नेतृत्वमा एन.आर.एन. को ‘मेम्बरसिप ड्राइभ’कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । अध्यक्ष डा. केशब पौडेलको प्रमुख आतिथ्यमा आईतवार अमेरिकाको ईन्डियानामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले एनआरएन अमेरिकाले नेपाली समाज जस्तो परम्परागत समाजवाट विकसित हुँदै गएको समाजमा समय सापेक्ष सुधारका लागि एनआरएनएले खेल्ने भूमिकाका सम्भावना बारे प्रष्ट पार्नु भयो । उहाँले भन्नु भयो :-अमेरिकामा बसेर आफुले देखेको नेपाली समाजका चुनौती र सम्भावनाका बिशेसतालाई मनन गरि एन.आर.एन.ए मार्फत अमेरिकाको सरकार तथा नेपालको सरकारसँग धेरै काम गर्न सकिन्छ ।
उहाँले अमेरिकामा रहेर पनि पिछडिएका नेपाली दाजु भाइ तथा दिदी बहिनीहरु सम्म चेतना मुलक कार्यक्रमहरु लिएर जानु पर्ने बताउदै बढि भन्दा बढी गैह्र आवासिय नेपालीहरुले एनआरएनको सदस्यता लिनु पर्ने कुरामा जोड दिनु भयो ।
अध्यक्ष पौडेलले एन.आर.एन.ए एउटा संस्था मात्र नभई यो एउटा अभियान भएकाले यसलाई अझ सहभागिता मुलक बनाउनु पर्ने कुरामा जोड दिंदै भन्नुभयो :- एनआरएनए मात्रै एउटा यस्तो संस्था हो जस्ले भावना र भूगोलको नेपाललाई जोड़ने काम गर्छ ।