गैर आवासीय नेपाल सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएन अमेरिका)को आगामी नेतृत्वको निर्वाचनमा मार्च १५ पछि सदस्य वन्नेले भोट हाल्न नपाउने भएका छन् । एनआरएन अमेरिकाको न्यायिक समिति (जुडिसिएल कमिटी)ले बिहीबार यस्तो निर्णय गरेको हो । यो निर्णयले मार्च १५ पछि थप चार दिनको समयमा सदस्य वन्नेले भोट हाल्न पाउने छैनन् ।
एनआरएन अमेरिकका सदस्य रविनराज बज्राचार्यको निवेदनका आधारमा न्यायिक समितिले यस्तो निर्णय गरेको हो । यो निर्णयले मार्च १५ पछि सदस्य बन्ने झन्डै ३ हजारले भोट हाल्न पाउने छैनन् । न्यायिक समितिको निर्णयमा भोट हाल्न नपाएपनि आवेदन दिने भेरिफिकेसन समितिबाट सदस्य बन्न योग्य ठहर भए सदस्य भने भइरहने उल्लेख छ । न्यायाकि समितिमा काननु विज्ञ दुर्गा भुर्तेल, गिरिजा गौतम र यज्ञ नेपाल सदस्य छन् ।
एनआरएन अमेरिकाका कतिपय पदाधिकारी लगायत अध्यक्ष समेत चुनावी प्रतिस्पर्धामा रहेको सार्वजनिक रूपमा जानकारी आएकाले समय थप गर्दा आफ्नो अनुकूल मददाता थप्न सक्ने सम्भावना पनि रहनसक्नेमा न्यायिक समितिको विशेष ध्यानाकर्षण भएको निवेदक बज्राचार्यलाई दिएको जानकारीमा उल्लेख छ ।
एनआरएन अमेरिकाको सदस्य बन्ने समय मार्च १५ को मध्ये रातीमा सकिएको थियो । तर, एनआरएन अमेरिका बोर्ड बैठकले केही घण्टा कम्युटर सर्भर विग्रेको हुदां ४ दिन मार्च १९ मध्येरात सम्म थप गरेको थियो । आईसीसी उत्तर अमेरिका संयोजकले पनि समय थप गर्न लिखित सुझाव दिएका थिए । यो थप भएको समयमा सदस्य सङ्ख्या करिब १४ हजारवाट १७ हजार पुगेको थियो । करिब १४ हजार मध्ये अव कति सदस्यले निर्वाचनमा भाग लिन पाउंछन एनआरएन अमेरिकाले गठन गरेको भेरिफिकेसन कमिटिको छानविन पछि तय हुने छ ।
समय थप गर्ने विषयमा एनआरएन अमेरिकाको बोर्ड भित्रै विवाद भएको थियो । बहुमतको आधारमा समय थप गर्ने निर्णय भएको थियो । यो निर्णय विरुद्ध वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, बोर्ड सदस्यले नोट अफ डिसेन्ट लेखेका थिए ।
समय थपगर्ने निर्णय विरुद्ध परेको निवेदनका सन्दर्भमा एनआरएन अमेरिकाका द्धारा मनोनीत समदश्यता समितिका संयोजक श्री पराजुलीसंग पनि परामर्श गरिएको थियो । पराजुलीलेपनि मार्च १५ पछि सदस्य वस्नेलाई मताधिकार दिन नहुने लिखित जवाफ पठाएको न्यायिक समितिमा पठाएको बज्राचार्यलाई पठाइएको जानकारीमा उल्लेख छ ।