गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को क्यालिफोर्निया स्टेट च्याप्टरको सचिव पदको लागि रोशन अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
चितवन जिल्लामा जन्मेर १९९५ देखि स्थानिय स्तरबाट पत्रकारिता सुरु गर्नु भएका रोशन अधिकारी राष्ट्रिय स्तरको साप्ताहिकमा प्रधान संपादक सम्म हुनुभयो। नेपाल रेडक्रस सोसाइटी लगायत स्थानीय सामाजिक संस्थाहरुमा समेत संलग्न अधिकारी सन २०१२ मा अमेरिकाको यात्रा तर्फ लाग्नुभयो।
सुरुमा लस एन्जलसमा नेपाल एकता समाजमा आबद्ध अधिकारी सान फ्रान्सिस्को सर्नु भएपछि भने स्थानिय रुपमा सबै भन्दा पुरानो सस्था नेपलिज एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (NANC) को सचिब पदमा बसेर २०१५-२०१७ को कार्यकाल सम्पन्न गर्नुभयो। उसो त उहाँले अन्य साथीहरुसंग मिलेर LIONS CLUB OF SAN FRANCISCO BUDHHA को स्थापना गरेर CHATER MEMBERSHIP CHAIRPERSON को जिम्मेवारी संहाल्दै हुनुहुन्छ।