कोलोराडो, अमेरिका । टेक्सास निवासी तथा पेशाले इन्जिनियरिंग-कन्ष्ट्रक्सन कम्पनिमा लामो समयदेखि आवद्ध थलराज पन्तले बोर्ड अफ डाईरेक्टरमा उम्मेदवारी दिएका छन ।
टेक्सासमा विगत १३ बर्ष देखि विभिन्न संस्थाहरुमा प्रत्यक्ष रुपमा संलग्न रहेर टेक्सासमा नेपाल र नेपालीको छुटै पहिचान बनाउने कार्यमा आफुलाई अहोरात्र खटाएका पन्त आफुले एनआरएन लाई कुनै बिशेष नेपाली बर्गको मात्रै नभएर अमेरिकामा बस्ने सम्पूर्ण नेपालीहरुले आफ्नो संस्थाको रुपमा एनआरएन अमेरिका लिने वतावरण बनाउन पर्नेमा केहि सिमित व्यक्तीहरुले एनआरएन को चुनाबलाई समेत कांग्रेस र एमालेको चुनाब को प्रचार गरेर निजी फाइदा लिन खोजेको देख्दा – आफ्नो उम्मेद्वारीको आवश्यकता अझ बडेर गएको USNEPAL NEWS लाई बताए ।
पुस्तौ देखी आफ्नो परिवार प्रजातांत्रिक आन्दोलनमा सरिक भएको र सधै प्रजात्रन्त्रमा आस्था राख्दै आएको र आफुले पनि पोखराको पश्चिमान्चल इन्जिनिरिङ्ग क्यापसमा अध्यापन गराउने क्रममा आफु नेपाल प्रध्यापक संघ (प्रजातांत्रिक) को कार्यकारी सदस्य भएर सेवा गरिसको अवस्थामा अर्को कोहिलाई ठुलो काग्रेस देखाउने बहनामा सच्चा कांग्रेसीहरुलाई गैर कांग्रेसीको चित्रणलाई एनआरएन मा फोहरी खेल खेल्न रुचाउने प्रबृतीले गरेको घृणित कुकर्मको रुपमा बुझ्न र यस्ता कु-प्रचारको पछी नलाग्न संपूर्ण एनआरएन सदस्य मा अनुरोध गरेका छन ।
पन्त एन. आर. एन. – एन. सी. सी. अमेरिकाको लाईफ़ टाईम मेम्बर, टेक्सासमा रहेको एक मात्र नेपाली मन्दिरको फाउण्डिंग मेम्बर तथा बोर्ड अफ ट्रष्टी, टियू-लाईन्स ब्लड ट्रान्सफ्यूजन तथा रिसर्च सेन्टरको फाउण्डिंग मेम्बर, यू.एस.ए.-नेपाल कम्यूनिटी आऊटरिच नेटवर्क संस्थाको फाउण्डिंग डिरेक्टर, डालास एभरेष्ट लायन्स क्लवको प्रथम उपाध्यक्ष्य, ब्लड डोनर अफ अमेरीकाको लाईफ़ टाईम मेम्बरका साथै डालासका नेपाली ब्यापारी हरूको संस्था यती चेम्बर अफ कमर्सको संस्थापक कार्यकारी सदस्य हुँदै विभिन्न संस्था मार्फत नेपालमा महिला-बालबालिका तथा युवाहरुको सशक्तिकरण, कंप्यूटर एजुकेशनका साथै भूकम्प व्दारा क्षतिग्रस्त स्कूल तथा कलेजहरुको पुन-निर्माणका साथै देशका विभिन्न स्थानहरुमा स्वास्थ्य शिविरहरु जस्ता सामाजीक कार्यक्रमहरु गर्दै आएका छन ।
आफ्नो उम्मेदवारीले एनआरएनमा सुद्धिकरणको लागि महत्वपुर्ण भुमिका खेल्ने बताएका छन ।