एनआरएन अमेरिकाको आगामी नेतृत्वका लागि चुनावी मैदानमा होमिएका युवा व्यवसायी गौरी जोशीले आफ्नो नेतृत्वका सबै उम्मेदवारहरुको सूची सार्वजनिक गरेका छन् | जोशी अध्यक्षका प्रत्यासी हुन् | निवर्तमान कार्य समितिका अध्यक्ष मातहत रहेका एक वरिष्ठ उपाध्यक्ष सहितका दुई उपाध्यक्षले आफ्नै अध्यक्षलाई चुनौती दिदैं मैदानमा उत्रिएको बेला जोशी अन्य प्रतिष्पर्धीभन्दा सशक्त देखिएका छन् | अन्य उम्मेदवार सबैका लागि अहिले कडा टक्कर दिएर जोशी आफ्नो नेतृत्वको टीमलाई मैदानमा लिएर उत्रिएका हुन् | जोशीको नेतृत्वलाई अमेरिकी नेपाली समाजका बहुल संघ,संस्थाको नेतृत्व गर्ने व्यक्तिहरुको समर्थन रहेको छ | जोशीले सार्वजनिक गरेको आफ्नो समर्थनका उम्मेदवारहरु सबै क्षेत्रका प्रतिनिधित्व गर्ने,अमेरिकी नेपाली डायस्पोरामा क्रियाशील रही विभिन्न संघ,संगठनको नेतृत्व गरिसकेका सामाजिक रुपमा परिचित र गतिशील टीम रहेको छ | यसैगरी जोशीको यो टीममा हाल रहेका एनआरएन च्याप्टरमध्ये सबैभन्दा बढी सदस्य भएका च्याप्टर सभापतिहरु समेत समेटिएका छन् | जुन पक्ष जोशीका लागि अत्यन्त सकारात्मक हो | दोश्रो कार्यकालका लागि नेतृत्व लिन अग्रसर भएका अर्का उम्मेदवार डाक्टर केशब पौडेललाई आफ्नैले दिएको यो चुनौती नै जोशीका लागि सकारात्मक भएको टिप्पणी गर्छन् नर्थ क्यारोलिनाका बिनोद भट्ट | उनी प्रश्न गर्छन्,-‘आफ्नो नेतृत्वको कार्यसमितिका ४ मध्ये ३ जना उपसभापतिहरुले आफैं विरुद्ध उमेदवारी दिनु,आफ्नै मातहतका अधिकांश च्याप्टर नेतृत्वले संगठनको मर्म बुझ्न नसकेको नेतृत्व भनि आलोचना गर्दै चुनावी मैदानमा उत्रनु जस्ता उदाहरण नै प्रशस्त छैन र दोहोर्याउन चाहनेलाई दिइरहेको खुला चुनौती ? अनि फेरि केका लागि हो यो दोहोर्याउने भनेको ?’
को को छन् जोशीको टीममा ?
अध्यक्षका सशक्त प्रत्यासी गौरी जोशीले समावेशी,केही गर्ने सक्ने सवल र गतिशील नेतृत्वका प्रतिनिधि उम्मेदवारहरु समेटेका छन् | अधिकांश संघ,संगठनको नेतृत्वको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका र नेपाली डायस्पोराका समस्याहरुलाई सम्बोधन गर्दै समाधानका उपाय निकाल्दै अघि बढेका अनुभवी उम्मेदवारहरु जोशीको टीममा देखिएका छन् | जसलाई एनआरएन अमेरिकाका शुभ चिन्तकहरुले समावेशी,समाज बुझेको र सबैले अपनत्व महसुस गर्न सक्ने अध्यक्षका साझा प्रत्यासी गौरी जोशी र उनको टीम नै देखियो भने चर्चा गरेका छन् | ‘अरु सबै एकै नेतृत्वका फरक पात्र हुन् | हिजो एनआरएनले गरेका गल्ती,कमजोरी र अन्य संघ,संस्थाप्रतिको अपमानको हिस्सेदार सोही नेतृत्वका सबै हुन् | त्यसैले तिनै मध्ये एकलाई फेरि नेतृत्वमा पु-याउनु भनेको एनआरएनलाई कमजोर बनाउनु हो | अब हामीले त्यो गल्ती गर्नु हुन्न भनेर नै यसपटक गौरी जोशी र उनको टीमलाई सहयोग गर्न सबैलाई अनुरोध गरेका हौँ’ जोशी पक्षधर उपाध्यक्षका उम्मेदवार संजीव श्रेष्ठले भने |
गौरी जोशीले आफ्नो सामाजिक सञ्जाल फेसवुक वालमार्फत सार्वजनिक गरेको उम्मेदवारहरुको सूचीमा वरिष्ठ उपाध्यक्षमा तेम्बा शेर्पा (न्यूयोर्क) ,उपाध्यक्षहरुमा उमा कार्की ( क्यालिफोर्निया),सञ्जीव श्रेष्ठ (न्यूजर्सी),भुवन आचार्य (टेक्सास) र पुरुषोत्तम वोहोरा (केन्टकी) रहेका छन् | यसैगरी महासचिवमा पूर्ण वानिया (क्यालिफोर्निया), सचिवमा रेवतीराज अधिकारी (नर्थ क्यारोलिना),कोषाध्यक्षमा सतेन्द्र शाह (न्यूयोर्क),युवा संयोजकमा स्वराज खाती (न्यूयोर्क) र महिला संयोजकमा लक्ष्मी खरेल थापा (क्यालिफोर्निया) रहेका छन् ।
यसैगरी बोर्ड अफ डाइरेक्टरहरुमा संजय थापा,विष्णु शाह,तृष्णा शर्मा,थलराज पन्त, प्रितीसागर खत्री,शशी अधिकारी,अमृत कट्टेल,कृष्ण जीसी,गुन्जना पाण्डे र सुरज घिमिरे छन् |
यही टीमले गौरी जोशीको नेतृत्वका लागि चुनावी रथ हाँक्दैछ | अध्यक्षका सशक्त प्रत्यासी जोशीले सामुहिक नेतृत्वलाई निर्वाचित गर्ने अठोटसहित एनआरएनएलाई सम्मानित संस्थाको रुपमा विकास गर्ने अभियानमा आफू केन्द्रीत भएको बताएका छन् |’एनआरएनएलाई सबैले अपनत्व महसुस गर्न सक्ने र दुःख सुख साट्ने साझा चौतारीको रुपमा स्थापना गर्न म लागिपरेको छु’ जोशीले भने |
२. एनआरएनएलाई सम्मानित संस्था बनाउने अभियानमा अध्यक्षका प्रत्यासी जोशी
एनआरएनए अमेरिकाकोे लोकप्रिय टिमको नेतृत्वलाई निर्वाचित गर्ने अठोट र एनआरएनएलाई सम्मानित संस्थाको रुपमा विकास गर्ने अभियानमा आफू केन्द्रीत रहेको अध्यक्षका प्रत्यासी गौरी जोशीले बताउनु भएको छ । संंस्था जस्तोसुकै दुविधाहरू जकडिएर रोगी भएपनि आफूले सामान्य उपचारबाट निको पार्ने प्रतिवद्धता उहाँले गर्नु भएको छ ।
‘विदेशमा बस्ने सबै जातजाति, धर्म, लिंङ्ग, वर्णका लागि एनआरएनएलाई दुःख सुख साट्ने साझा चौतारीको रुपमा स्थापना गर्न म लागिपरेको छु,’ उहाँले भन्नु भयो ‘यसलाई हरेक आप्रबासी नेपालीको सपना साकार पार्ने चौतारीको रुपमा विकास गर्न चाहन्छु ।’
कर्मभूमीप्रति आकर्षित भएपनि नेपालमा जन्मिएर हुर्किएको हुनाले नेपालको मायाले हरपल सताइ रहने उहाँले बताउनु भयो । यही मायाले नै नेपाल र नेपालीको आर्थिक तथा सामाजिक विकासको लागि एनआरएनए पनि उत्तिकै प्रयत्नशील रहेको उहाँको भनाइ छ । ‘नेपाल र नेपालीको भाइचाराको सुमधुर सम्बन्ध सदा प्रगाढ राख्ने प्रतिवद्धता साथ म र मेरो टिम अघि बढी रहेको छं,’ जोशीले भन्नु भयो ‘मेरो नेतृत्वको टिमले साँचो अर्थमा एनआरएनएको सम्पूर्ण प्रतिनिधित्व गर्न सक्छ ।’
नेपालको दीर्घकालीन विकासको लागि आफ्नो नेतृत्वदायी टिमको भीष्म प्रतिज्ञा रहेको जोशीले बताउनु भयो । ‘ प्रतिज्ञाका साथ दत्तचित्त भएर चुनावी मैदानमा उत्रिएको हुनाले सम्पूर्ण मतदातालाई म लगायत मेरो टिमलाई निर्वाचित गराउन आग्रह गर्दछु,’ जोशीले भन्नु भयो । यस संस्थाप्रति प्रतिवद्ध भएर यस संस्थाको उन्नतिको लागि अहोरात्र खटिने वाचा जोशीले गर्नु भएको छ ।
सुरेश कोइराला
३.
गौरी जोशीको टिम जितको लागि ढुक्क
टेक्सास,अमेरिका,जुलाई १६ | एनआरएन अमेरिकाको आगामी महिना हुने निर्बाचनको प्रचार प्रसार तीव्र गतिमा अगाडी बढिरहेको छ | उम्मेदवारहरु मतदाता आफ्नो पक्षमा पार्न दौढधुपमा छन् | अन्य उम्मेद्वारहरुको तुलनामा यसपटक टेक्सासका सफल व्यवसायी गौरी जोशीको माहौल उत्साहजनक रुपमा सशक्त बन्दै गएको छ | समाजका सबै क्षेत्रका प्रतिनिधिहरुलाई समेटेर सहभागितामूलक र समावेशी टीम सार्वजनिक गरेर चुनावी मैदानमा अघि बढेका जोशी अहिले अन्य उम्मेदवारहरुका लागि चुनौतीको रुपमा देखा परेका छन् | आफ्नो नेतृत्वको टीमका प्रति देखिएको सकारात्मक माहौलले आफुहरुलाई जितका लागि सुनिश्चित गराउदै लगेको जोशीको भनाई छ |
अमेरिकामा थोरै पैसा कमाएर बचाएकाहरुलाई सुरक्षित लगानीको बाताबरण बनाउनु पर्ने, अमेरिकामा बस्ने नेपालीका लागि आवश्यक पर्दाको सहयोगी संस्था बन्नुपर्ने, नेपाल बाहिर र नेपाल भित्रका नेपालीबीच पुलको रूपमा काम गर्ने संस्था एनआरएन अमेरिकालाई बनाउनु पर्ने र सोही अनुसार सबैले एक बलियो आधार मान्न सकिने संस्थाको रूपमा एनआरएनलाई विकसित गर्नुपर्ने जोशीको एजेन्डा रहेको छ | अहिलेकै कार्यसमितिकाहरुनै यस पटकको निर्बाचनमा पनि उम्मेदवार भएका छन् | उनीहरु सबै टेस्ट भैसकेका र असफल पनि भै सकेका हुनाले उनीहरुलाई नेतृत्व दिनु एनआरएनलाई अझ बढी कमजोर बनाउनु हो भन्दै जोशीले सम्पूर्ण मतदाता एवं सदस्य र शुभेच्छुकहरुलाई अपील गर्दै भनेका छन्,-‘यस पटक नयाँ सोच र भिजन भएका,अमेरिकी नेपाली डायस्पोरामा सामुदायिक सेवामा काम गरेर अनुभव समेटेका गतिशील र ठोस योजना सहित सबैले आफ्नो महसुस गर्न सक्ने मेरो नेतृत्वको टीमलाई सहयोग गरिदिनुस्, हामी एनआरएन अमेरिकालाई तपाईंहरुकै अपेक्षा अनुरुप अघि बढाउनेछौं |’
किन आशावादी छन् जोशी ?
गौरी जोशी निर्वाचन परिणाम आफ्नो नेतृत्वको टीमका पक्षमा नै आउनेमा एक किसिमले ढुक्क देखिन्छन् | ‘ढुक्क भएर बस्ने होइन, हामी सबै अधिकतम मतदाता र सदस्य तथा शुभेच्छुकहरुसंग पुग्ने कोशिस गरिरहेका छौं | भएर भोली नै हामी कहिले,कहाँ पुग्दैछौं भनेर सार्वजनिक गर्दैछौं | हरेक उम्मेदवार साथीहरुले अबको एनआरएन हाम्रो एनआरएन,साझा एनआरएन भनेर सामुहिक प्रचार गरिरहनु भएको छ,व्यवस्थापनमा साथीहरु जुट्नु भएको छ | यति धेरै साथीहरुले यो टीमको लागि नि:स्वार्थ भएर स्वयम सेवकको रुपमा अहोरात्र खटेर काम गर्नु भएको छ कि जसका कारण सफल परिणाम आउनेछ भन्ने लागेको छ | पूर्व-पश्चिम,उत्तर-दक्षिण सबैतिर साथीहरु तपाईंहरुलाई साथ छ एकपटक हाम्रो समुदायमा आइदिनुस्, बाँकी हामी छौं भनिरहनु भएको छ | बाध्यता के छ भने हामी सप्ताहान्तमा मात्र धेरै सदस्यहरुका पुग्न सक्छौं, त्यस्तो सप्ताहान्त अब धेरै बाँकी रहेन | हामी अधिकतम ठाउंमा पुग्ने प्रयासमा छौं’ जोशीले प्रष्ट पार्दै भनेका छन् |
अमेरिकी नेपालीहरुले यसपटक परिबर्तन चाहेको र नयाँ नेतृत्वको खोजी गरेकाले पनि आफ्नो टीम मतदाताको रोजाइमा परेको जोशीको बुझाई छ | अमेरिकीमा रहेका अधिकांश ठूला नेपाली संघ सस्था तथा समाजमा रहेका सबै तह र तप्का ,युवा ,बुद्धिजीवी ,समाजसेबी, महिला, ब्यबसायी सबैको रोजाइमा जोशीको टीम परेको र यो टीम सोही अनुसार काम गर्न प्रतिवद्ध देखिएकोले पनि यस पटकको निर्बाचनमा गौरी जोशी एण्ड टिम बिजयी हुनेमा आशा गर्न सकिन्छ |
यस पटकको निर्बाचनमा अरुको जस्तै आफुले पनि नयाँ अनुहारहरु नेतृत्वमा हेर्न चाहेको , युवाहरुको व्यापक सहभागिता खोजेको र यसका लागि गौरी जोशी एण्ड टीम नै आफुलाई उपयुक्त लागेकोले खुलेर नै सहयोग गर्न अघि सरेको भन्दै आफ्ना सम्पूर्ण साथीहरुलाई पनि अपील गर्नुहुन्छ नर्थ क्यारोलिना निबासी वरिष्ठ प्राध्यापक एवं सीसीभीटी नेपालका पूर्व निर्देशक आशा बत्स | यस्तै नर्थ क्यारोलिना निबासी युवा समाजसेबी बिनोद भट्ट गौरी जोशीको टिम नै बिजयी हुनेमा आशाबादी हुनुहुन्छ | ‘एनआरएन अमेरिकालाई राजनीतिमुक्त बनाउनका लागि पनि यो टिमले जित्नुपर्छ’ भट्ट भन्नुहुन्छ |