उन्नत प्रवासी नेपाली समाज निर्माणको लागि मेरो उम्मेदवारी :-उमा कार्की थापा

उन्नत प्रवासी नेपाली समाज निर्माणको लागि मेरो उम्मेदवारी :-उमा कार्की थापा
एनआरएन विशेष
लसएञ्जलसमा बसोबास गर्ने उमा कार्की थापा अमेरिकन नेपाली समाजमा नयाँ नाम होइन । महिला अधिकार र प्रवासी नेपालीहरुको हक़हितको लागि काम गर्दै आएकी स्पष्टवक्ता, अनुभवी र क्षमता भएकी थापा क्यालिफोर्निया राज्यमा एक जुझारु, सक्षम र निडर महिला नेतृको रुपमा परिचित छिन् ।
नेपाली समुदायसँग सम्वन्धीत बिभिन्न संघसस्थामा लामो र गहन जिम्मेवारि सम्हाली सक्नुभएकी थापा एनआरएन अमेरिकाको पूर्व महिला संयोजक पनि हुन्। लसएञ्जलसमा रहेको नेपाल अमेरिका एकता समाजको दुई अबधिसम्म अध्यक्ष, जनसम्पर्क समिती साउदर्न क्यालिफोर्नियाको सल्लाहकार समेत र अन्य थुप्रै संघसस्थाको जिम्मेवारि कुशलतापूर्वक बहन गरेकी छिन् थापाले ।
 एनआरएन अमेरिकाको गत निर्वाचनमा थोरै मतले पराजित भएपनि उनी संस्थामा निरन्तर सकृय रहिरहिन् । फेरि पनि हाल आफ्नो तिब्र इच्छा सहित सोही पदमा बसेर सेवा गर्ने चाहना रहेको उनलेखुलासा गरिन् ।
एनआरएन अमेरिकाको महिला संयोजक भएर आफुले पहिलो पल्ट एनआरएन अमेरिकाको मातहातमा रहने गरी अमेरिका भित्र रहेका प्राय धेरै राज्यका विभिन्न तह र तप्कामा रहेका अगुवा महिलाहरुको टिम बनाएर राष्ट्रिय महिला समिती गठन गरेको, सो महिला समितीले महिलाहरुलाई कानुनी सेवा, स्वास्थ्य सेवा, महिला सशक्तिकरणमा जोड, नेतृत्व क्षमतामा बृध्दि लगायत अन्य क्षेत्रमा सहयोग पुर्याउन उल्लेखनिय भूमिका खेलेको उनले उल्लेख गरेकी छिन् ।
सामाजिक क्षेत्रमा अगुवा महिला थापाले आफुले गरिरहेको सामाजिक अभियानहरुलाई नियाल्दै विभिन्न स्थानिय संघसंस्था लगायत अन्य सम्पुर्ण सामाजिक अभियान्तहरुले पनि यो पल्ट आफुलाई सहयोग गर्छ भन्ने विश्वाश आफुलाई लागेको उनको भनाइ छ ।
संस्थाको विधि, दीगोपन र सिर्जनामा विश्वास राख्ने ब्यक्ति भएकाले छाता संगठन एनआरएनको संस्थागत विकास एवं हाम्रो नेपाली समाजको आवश्यकतालाई सम्बोधन गर्न आफू अघि बढेको उनले स्पष्ट पारेकी छिन् ।
अबको एनआरएन केही ब्यक्तीको वा समुहको लागि नभएर आम प्रबासी नेपालीको साझा संस्था हुनुपर्ने उनको एजेण्डा छ । उन्नत प्रवासी नेपाली समाज निर्माणको लागि मेरो उम्मेदवारी हो भन्दै महिला हक, हित र अधिकारको साथै सम्पुर्ण प्रवासीहरुको सपना पुरा गर्नको निम्ति आफु अग्रपंक्तीमा रहेर काम गर्ने विचार उनको छ ।

Post Comment