एनआरएन अमेरिका निर्वाचन समिति आफैंले तोकेको समयमा उम्मेदवारको प्रथामिक सुची निकाल्न असक्षम भएको छ । निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची मंगलवार निकाल्ने तालिका सार्वजनिक गरेको थियो ।
भर्जिनियामा रहेको निर्वाचन समितिले पुर्व समय अनुसार मंगलवार राती १२ बजेसम्म उम्मेदवारको सुची निकाल्न सकेन । यसवारेमा कुनै सूचनापनि सार्वजनिक गरिएको छैन ।
निर्वाचन समितिले जुलाई १८ मा उम्मेदवार दिनेको पहिलो सूची निकाल्ने र जुलाई २४ सम्म फिर्ता लिने समय निर्धारण गरेको थियो । उम्मेदवार माथि दावी विरोध जस्ता प्रकृया पुरा गरेर जुलाई २९ मा उम्मेदवारको अन्तिम मिती सार्वजनिक गर्ने तालिका निर्वाचन समितिले दिएको थियो । यस पछि अगष्ट ११ र १२ निर्वाचन मतदान हुने तय गरिएको थियो ।
निर्वाचन समितिले समयमा उम्मेदवारको सूची निकाल्न नसक्दा गौरी जोशी उम्मेदवार वन्न पाएका नपाएको वारेमा अफवाह फैलिएको छ ।