एनआरएन अमेरिकाको निर्वाचन: सबैभन्दा बलियो मानिएका गौरी जोशी अध्यक्ष पदको दौड वाट वाहिरिए

एनआरएन अमेरिकाको निर्वाचन: सबैभन्दा बलियो मानिएका गौरी जोशी अध्यक्ष पदको दौड वाट वाहिरिए
एनआरएन विशेष
 एनआरएन अमेरिकाको निर्वाचनमा नेतृत्वका लागि सबैभन्दा बलियो मानिएका गौरी जोशी अध्यक्ष पदको दौड वाट वाहिरिएका छन् । एनआरएन अमेरिका निर्वाचन समिति द्धारा बिहीबार राती सार्वजनिक गरिएको उम्मेदवारको सूचीमा गौरीको नाम राखिएको छैन । यस सँगै गौरी एनआरएन अमेरिकाको नेतृत्वको दौडवाट वाहिरिएका हुन् ।
उनको उम्मेदवारीलाई रितपुर्वक नभएको भन्ने आधारमा हटाईएको हो । निर्वाचन समितिले व्यक्तिगत रूपमा गौरीलाई के जानकारी दिएको छ यो सार्वजनिक भएको छैन । गौरीले यो साता कोलोराडो र न्यूओर्कमा चुनावी भेटघाट राखेका थिए । तर, विभिन्न अफवाह आएकाले शुक्रवार कोलोराडोमा हुने भनिएको कार्यक्रम रद्द गरिएको थियो ।
अनौपचारिक रूपमा ६ महिना अघिवाट नेतृत्वका लागि अनौपचारिक रूपमा तयारी गरेका गौरीले अहिलेसम्म आईपुग्दा लहर जस्तै आएको थियो । एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले आफू पुन उम्मेदवारी नदिने भनेपछि गौरी उनकै सल्लाहमा अध्यक्षमा उठ्ने निर्णयमा पुगेका थिए । गौरीले आफू उठ्ने चाहना सार्वजनिक गरेको केही महिना पछि डा पौडेलले उनलाई वरिष्ठ उपाध्यक्षमा बस्ने आग्रह गरेका थिए ।
अहिले वरिष्ठ उपाध्यक्षमा सहमतिमा आउन र तीन महिना पछि कार्यवाहक अध्यक्ष दिने प्रस्ताव डा पौडेलको थियो । पौडेलले आफू केन्द्र अर्थात् एनआरएनए आईसीसीमा जाने र त्यस बेला गौरीलाई कार्यवाहक दिने प्रस्ताव गरेका थिए । तर, गौरीले भने आईसीसीमा आफू डा केशवलाई सघाउन पुरा तयार रहेको हुदां अहिलेनै अध्यक्षमा समर्थन गर्न आग्रह गरेका थिए । डा पौडेलले सुरक्षित अवतरण खोज्दा दुई बिच सहमति हुन सकेन् ।
गौरीलाई यो चुनावी प्रतिस्पर्धामा जनसम्पर्क समिति, प्रवासी मञ्च लगायत युवा समूहको व्यापक समर्थक थियो । एनआरएन अमेरिकामा परिवर्तन चाहेका प्राय गौरीका पक्षमा थिए । गौरीले पनि अमेरिकामा बस्ने नेपालीका लागि एनआरएन अमेरिका भन्ने मुख्य एजेण्डा बनाएका थिए ।
गौरी समूहको अबको रणनीति के हुन्छ ? यो आउन बाँकी छ । गौरीको पक्षमा एनआरएन अमेरिकाको न्यायिक समितिमा निवेदन भने परेको छ । न्यायिक समितिले न्याय दिने आसमा गौरी पक्षधरहरु बिहीबार नै न्यायिक समिति गएका हुन् ।
उम्मेदवार को हुन पाउने को नपाउने भन्ने विवादमा क्षेत्रीय संयोजक सोनाम लामा पनि तानिएका छन् । निर्वाचन समितिलाई उनले पठाएको पत्र पछि एनआरएन पूर्व अध्यक्ष खगेन्द्र जीसीले क्षेत्रीय संयोजक लामालाई आफ्नो दायरा क्रस नगर्न इमेल मार्फत सुझाव दिएका थिए ।
जोशीलाई अन्याय भएको धेरैले अनौपचारिक प्रतिक्रिया दिएका छन् ।
टेक्सस ड्यालसमा बस्ने जोशी सफल व्यवसायी पनि हुन् । उनले समाजिक क्षेत्रमा पनि थुप्रै लगानी गरेका छन् । जोशी अहिले एनआरएन अमेरिकाका सल्लाहकार छन् । उनी नेपाली समाज टेक्ससका अध्यक्षपनि भएका थिए ।
निषेधको राजनीति  र विवादले एनआएन आउनेदिनमा झन् कमजोर हुनेमा धेरैले शंका गरेका छन् ।  निर्वाचन समिति प्रमुख वन्दिता दाहालले बिहीबार दिउसो आफ्नो फेसबुकमा दबाब परेको संकेत गर्दै अव छिट्टै उम्मेदवारको सूची आउने र आफूले स्वतन्त्र भएर काम गरेको दाबी गरेकी थिइन ।

Post Comment