एनआरएन अमेरिका निर्वाचन : चुनाबका नाममा नकारात्मक द्धन्द्ध र बिभाजनमा पो परिणत हुन्छ कि:- राम सी पोखरेल 

एनआरएन अमेरिका निर्वाचन : चुनाबका नाममा नकारात्मक द्धन्द्ध र बिभाजनमा पो परिणत हुन्छ कि:- राम सी पोखरेल 
एनआरएन विशेष
उमेदवारी दर्तासँगै  एनआरएन अमेरिकाको निर्वाचनले तीव्रता लिएको छ । जसले जुन पदमा उमेदवारी दिए पनि सबैको ध्यान, अब आफु कसरी बिजयी हुने भन्नेतर्फ केन्द्रित छ , जुन स्वाभावीक पनि हो । सामाजीक उत्तरदायीत्व बहन गरेर निश्चीत उदेश्य र लक्ष्यकासाथ  अगाडी बढन खोज्नुलाइ स्वागतयोग्य नै मान्नु पर्छ ।
उमेदवारी दिनु हुने सबैको समाजसेवाप्रतिको बढदो लगावको म हृदयदेखि नै सम्मान गर्छु । मेरो एउटै मात्रै चासो र चिन्ता हो– समाजसेवाप्रतिको बढदो लगावको सकारात्मक पाटो , कतै चुनाबका नाममा नकारात्मक द्धन्द्ध र बिभाजनमा पो परिणत हुन्छ कि भन्ने ।
 आफुपनि अध्यक्षको उमेदवार भएकोले शुरुमा नै  एउटा कुरा स्पष्ट पार्न चाहन्छु– म समाज र व्यक्ति  बिभाजनकालागी उमेदवार भएको होइन ।
मेरो  उमेदवारी अमेरिकाका सबै नेपालीका लागी र  मातृभूमि–नेपालका लागि हो । नेपाली नेपाली बीचको नजोडिएको साइनो जोडने , त्यो साइनोलाई थप बलीयो एवं प्रभावकारी बनाउने र जोडीएको त्यो बलीयो साइनोलाई अमेरिकीहरुमाझ पनि एउटा सम्पतिको रुपमा स्थापीत गर्ने मेरो एउटा मात्र उदेश्य हो ।
यो उद्देश्य प्राप्तीका लागी मलाइ बिकाशोन्मुख देशहरुमा जस्तो राजनैतीक निर्वाचनमा अपनाइने  हतकण्डा अपनाउनु छैन । असाध्यै सकरात्मक सोचकासाथ मैले यसपटक एनआरएन अमेरिकाको अध्यक्षमा उमेदवारी दिएको छु ।
मेरा आफना एजेण्डाहरु छन । र, ती एजेण्डाहरुलाइ कसरी पुरा गर्ने भन्ने मेरा आफना खाकाहरु छन ।
व्यक्ति बलीयो भए  समाज र समाज बलीयो भए राष्ट्र बलीयो हुन्छ भन्ने सर्वसम्मत मान्यतामा मेरोपनि ठुलो  बिश्वास छ । यही बिश्वासका आधारमा मैले  एजेण्डाहरु तय गरेको छु ।
हामी जस्ता अप्रवासीहरुको कर्तव्य र दायीत्व  एउटा होइन , दुइवटा राष्ट्रसँग जोडीएको छ । हामीले कर्मको मात्र सन्तुलन होइन , भावनाकोपनि सन्तुलन मिलाउनु पर्नेछ । यो सानो र सामान्य कुरा होइन । निर्वाचनमा जो जो प्रतिद्धन्द्धी भएपनि र पछि जो जोले जितेपनि हामीसँग  कर्मभुमि र मातृभूमिको भावनाको सन्तुलन मिलाउने जस्तो ठुलो जिम्मेवारी छ । यो  कुरा नबिर्सन म सबै उमेदवार र मतदाता साथीहरुलाइ आग्रह गर्छु ।
हामी कहिलेकाँही आँफैलाइ  हल्का रुपमा लिन्छौं । र, स-साना हिसाब किताब र जोड-घटाउ वा पक्ष-बिपक्षमा आफुलाइ धकेल्छौं । यो बानीले हामीलाइ कमजोर मात्र बनाएको छैन , कतीपय नेपाली भित्रैबाट पनि तिरस्कृत बनाएको छ । हामीले ‘ओ हो के–के न, गरेयौं’ र ‘के–के न गर्न खोज्दैछौं’ भनेर जती हल्ला पिटेपनि ठुलो नेपाली जमात हामी भित्रकै चरित्र र बानीका कारणले वाक्क छ । हामीबाट बाहीर छ ।  निर्वाचनका बेला आफु-आफुबिच अनेक ‘हल्लाखल्ला र तिकडम’ गरेपनि ठुलो नेपाली जमात हामीसँग रुष्ट छ । हाम्रो शैली र बानीसँग रुष्ट छ । एनआरएन अमेरिका  यत्ती हल्का हुनै नहुने थियो । यो त अपरिहार्य हुनुपर्ने संस्था हो, अपहेलीत जस्तो भैरहेको छ ।
सदस्यता लिनेहरु भन्दा ‘सदस्यता लिंदै लिन्न’ भनेर अडडी कसेर बस्नेहरुको जमात बढी छ । मैले बितेका दुइ बर्षमा जसरी अमेरिकी नेपाली समाजलाइ बुझें , यही आधारमा मैले यो कुरा भनीरहेको छु । यो कुरा हामीजस्ता समाजसेवाको नेतृत्व लिन्छु भन्नेहरुका लागी निश्चय नै चिन्ताको  बिषय हो ।
यसैले मलाइ लाग्यो– नेपाली समाजमाथी प्रश्न उठाउनु भन्दा पहिले किन  नेतृत्व लिन्छौं भनेर कस्सिने हामी आफैले आँफैलाइ  प्रश्न नगर्ने ? हामी कस्का लागी लडिरहेका छौं ? हामी कस्को बलमा लडिरहेका छौं ?
म  चाहन्छु– हामी आफुमाथी प्रश्न गर्न पनि सिकौं र गल्तीहरुलाइ सच्याउँ । यसपटकको एनआरएन अमेरिकाको निर्वाचनलाइ एउटा पर्वको रुपमा मनाउँ , जहाँबाट एकता–मेलमिलाप, हर्ष र आशाको नयाँ किरणहरु देखिऊन ।
हामी संसारको सबैभन्दा शक्तिसम्पन्न राष्ट्रका एनआरएन हौं । ठुलो देशमा असाध्यै सानो चरित्र देखाउन कमसेकम हामीलाइ सुहाउँदैन । सुहाइरहेको छैन ।
एनआरएन अमेरिकालाइ बलीयो बनाउने र देश सुहाउँदो बनाउने यो ठुलो मौका हो । यो मौकालाइ मुर्तरुप दिन मैले गर्न सक्ने कुनै पनि त्याग र योगदानकालागी म तयार छु । एनआरएन अमेरिकालाइ बलीयो बनाउने र अन्तत नेपाली नै  बलीयो हुने शर्तमा, उमेदवारी र पद त गौण कुरा हो । यसो भन्दै गर्दा यो पनि स्पष्ट पार्न चाहन्छु– समाजलाइ कमजोर पार्ने चुनावी रणनीती भने मलाइ स्विकार्य छैन ।

Post Comment