एनआरएन अमेरिका निर्वाचन : अध्यक्षकी उम्मेदवार रबिना थापा आफ्नो टिम सहित पुर्वको भ्रमणमा

एनआरएन अमेरिका निर्वाचन : अध्यक्षकी उम्मेदवार रबिना थापा आफ्नो टिम सहित पुर्वको भ्रमणमा
एनआरएन विशेष

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाको निर्वाचनको अध्यक्षकी उम्मेदवार रबिना थापा पूर्वी राज्यहरुका मुख्य शहरहरुमा भेटघाटका लागि निस्कनु भएको छ।
आफ्नो समावेसी, शशक्त र सम्मानितहरुको टिम लिएर डिसी महानगर बस्ने थापा न्यूयोर्क, लङ्ग आइल्याण्ड, बोस्टन, कनेक्टिकट तर्फको यात्रामा हुनुहुन्छ। पूर्वी राज्य तर्फका उहाँका टिमका उम्मेदवारहरु उपाध्यक्ष उम्मेदवार सुमन बुढा मगर, महासचिव उम्मेदवार महेश मल्ल, बोर्ड सदस्य उम्मेदवार मन मोहन (मोहन) वाइवा र भविन्द्र शेर्पुञ्जा लगायतको टोली नै यात्रामा निस्केको छ।
-लङ्ग आइल्याण्ड र न्यूयोर्क, Julaai 21 साँझ र July 22 बिहान भेटघाट तथा राय सल्लाह तथा सुझावका कार्यक्रम।
-बोस्टनमा भेटघट: July 22 , Saturday, 11:30 AM, 1735 Centre ST., Boston
-कनेक्टिकट : July 23, Sunday, 8:30 AM, 139 South Main ST, West Hartford, Connecticut, 06107
यो भ्रमण लगत्य नै थापा उत्तर पुर्व र पश्चिम क्षेत्रका शहरहरुमा आफ्ना टिमका उम्मेदवार सहित जाने कार्यक्रम रहेको छ।

Post Comment