अफ्रिकी मुलुक जाम्बियाको गैर आबासीय नेपाली संघको तेस्रो साधारण सभा गत आइतबार लुसाकामा सम्पन्न भएको छ ।
सभाले डा बिशालनाथ उप्रेतीको अध्यक्षतामा सन २०१७–२०१९ का लागि नयाँ कार्यसमिती चयन गरेको छ । जसमा शंकर सुनुवार उपाध्यक्ष, प्रमोद शर्मा महासचिव, मोतीलाल श्रेष्ठ सचिब, भीमबहादुर बम कोषाध्यक्ष चयन भएका छन् ।
सदस्यहरूमा डा किशोर अधिकारी, पोषणराज बस्नेत, सन्ध्या खनाल, खेम नारायण पौडेल, शोभा सुनुवार र इन्दिरा उप्रेती रहेका छन् ।
सभाले बिदुर खनाल, अङ्गिरा आचार्य, सबिता आचार्य, नर्मदा आचार्य ढकाल, डा रामजी ढकाल, डा प्रकाशचन्द्र घिमिरे, रजनी श्रेष्ठ र केशब श्रेष्ठलाई सल्लाहकारमा चुनेको छ ।
सभामा अध्यक्ष बिदुर खनालले एनसीसी जाम्बियाको सन २०१५–२०१७ को प्रगति विवरण प्रस्तुत गरेका थिए । कोषाध्यक्ष भीमबहादुर बमले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका छन् ।