एनआरएन अमेरिका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित,अध्यक्षका प्रत्यासी गौरी जोशीको रद्ध

एनआरएन अमेरिका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित,अध्यक्षका प्रत्यासी गौरी जोशीको रद्ध
एनआरएन विशेष
एनआरएन अन्तर्राष्ट्रिय समितिको निर्देशनलाई वेवास्ता गर्दै एनआरएन अमेरिकाको निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ ।
बुधबार मध्यराति निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ । आयोगले अगष्ट ११ र १२ तारिकमा हुने चुनावमा लाग्ने जनाएको छ । समितिले दुईसय एक जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दा महासचिवका उम्मेदवार पूर्णचन्द्र बानियाको नाम समितिले हटाएको छ ।
अमेरिकाको एनआरएनमा उम्मेदवारको योग्यता विवाद रहेको छ । यही विवादका कारण अध्यक्षका प्रत्याशी गौरीराज जोशीको उम्मेदवारको आवेदन निर्वाचन समितिले रद्ध गरेर नाम प्रकाशित गरेको छैन । यो विषय गत साता जर्मनीको फ्र्यांकफर्टमा भएको एनआरएन आइसिसीको बैठकमा समेत प्रवेश भएपछि योग्यता छानबीन गर्न समिति गठन भएको छ ।
समितिले प्रतिवेदन नदिएसम्म चुनावी कार्यक्रम समायोजन गर्न तीन दिन अघि आइसिसीले निर्वाचन समितिलाई निर्देशन दिएको थियो । आइसिसीले अगष्ट ५ भित्र प्रतिवेदन प्राप्त हुने भएकोले त्यतिन्जेलसम्म चुनावी कार्यक्रम समायोजन गर्न निर्देशन दिएको थियो ।
तर यो निर्देशनको बेवास्ता गर्दै निर्वाचन समितिले बुधबार राति उम्मेदवारको सूचि प्रकाशित गरेको छ । समितिको यो कार्यले निर्वाचन समितिले समेत विवाद चर्काउने नियत राखेको आरोप सदस्यहरुको छ ।
एनआरएन अमेरिकाको निर्वाचन समितिले उम्मेदवारको सूचिमा नपारेपछि गौरीराज जोशी आफ्नो धारणा राख्न यो साता अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्निया जाँदैछन् । उनले त्यहाँका दुई ठूला शहरहरुमा नेपाली समुदायसँग भेटेर आफु माथि भएको अन्यायका बारेमा धारणा राख्नेछन् ।
अगष्ट ४ तारिक लसएन्जलस र ५ तारिक सानफ्रान्सिस्कोमा आयोजना हुने कार्यक्रममा जोशी सहभागी हुने कार्यक्रम रहेको छ ।

 

Post Comment