“तेस्रो पुस्ताका नेपालीलाई अधिकार प्रदान गर्न पहल गर्दछु” :- जर्जिया च्याप्टर अध्यक्षका प्रत्यासी मोहन तिमिल्सिना

“तेस्रो पुस्ताका नेपालीलाई अधिकार प्रदान गर्न पहल गर्दछु” :- जर्जिया च्याप्टर अध्यक्षका प्रत्यासी मोहन तिमिल्सिना
एनआरएन विशेष

यतिबेला एनआरएन अमेरिकाको चुनावी सरगर्मी बढिरहेको छ । उम्मेदवारहरु बिभिन्न स्टेटमा पुगेर एजेण्डा सहित आफ्नो पक्षमा मत तान्न व्यस्त छन् । कतिपय आफ्ना उम्मेदवारलार्इ जिताउन प्यानल नै बनाएर दौडधुपमा छन् भने कतिपय एनआरएन भित्र राजनिति हावि बन्दै गइरहेको भन्दै यसले पार्ने असरका बारेमा चिन्तित छन् ।
एनआरएन अमेरिकामा पछिल्लो समय देखिएको  बढ्दो राजनितिले भलो नगर्ने एनआरएन जर्जियाका अध्यक्षका प्रत्यासी मोहन तिमिल्सिना बताउनुहुन्छ । “मैले दुइ बर्ष अघि एनआरएन अमेरिकाको उपाध्यक्षमा उम्मेदवारी दिएको थिए” उहाँले भन्नुभयो :- “म स्वतन्त्र रहेकै कारण पराजय भए ।”

करिब २४ बर्ष देखी अमेरिकामा बस्दै आइरहनु भएका उहाँ सन् २००९ देखि प्रत्यक्ष / अप्रत्यक्ष रुपमा एनआरएन अमेरिकामा सक्रिय र संलग्न हुदै आउनु भएको छ । प्रस्तुत छ  युएस नेपाल न्युजका लागि सुशन घिमिरेले उहाँ संग गर्नुभएको कुराकानी  :
तपाईको उम्मेदवारी किन ?
म सन् २००९ बाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा एनआरएन अमेरिकामा सक्रिय रहंदै आएको छु । यसकारण पनि एनआरएन अमेरिका प्रति मेरो माया छ । एनआरएन अमेरिकामा केहि समस्या छन् मेम्बरसिप , एनआरएन आइडि , चुनावमा प्रत्यक्ष भोट लगाएतका समस्यालाई सकेसम्म सहज र परिर्वतन गर्नका लागि मेरो उम्मेदवारी हो ।

अहिले अनलाइन भोट हुन्छ त्यो अझैपनि बिश्वसनिय मान्न सकिदैन अब अनलाइन होइन प्रत्यक्ष रुपमा मतदान गर्ने व्यबस्था र प्रावधान ल्याइनु पर्दछ भन्ने मेरो मान्यता छ । यस्तै एनआएन अमेरिकामा २ बर्षमा करिब ३ देखि ४ लाख जम्मा हुन्छ तर त्यसको सदुपयोग भनौं या उपयोग हुन सकिरहेको छैन । त्यसलाई सही तरिकाले परचालन गराउन पहलका लागि मेरो उम्मेदवारी हो । अर्को हामि अमेरिकामा बस्ने धेरै नेपालीहरुले बिभिन्न क्षेत्रमा दक्षता हासिल गरेका छौं , अब हामिले प्राप्त गरेको ज्ञानलाई नेपालमा पनि बाँड्ने तर्फ ध्यान दिनुपर्दछ भन्ने सोचका साथ नेपालमा रहेका बिद्यालयमा अनलाइन मार्फत पढाउने व्यबस्था गर्न पहल गर्नका लागि पनि मैले उम्मेदवारी दिएको हुं ।

अमेरिका के परिकल्पना वा सोचले आउनुभएको थियो ?
नेपालमा जतिबेला द्धन्द चर्किदै थियो त्यस समय म आफ्नो भबिष्य साथै जीवनलाई मध्यनजर गर्दै अमेरिका आएको थिए । नेपालमा भबिष्य देखिन अमेरिका आए अहिले प्राप्त सफलतामा सन्तुष्ट छु ।

अहिले अमेरिकामा नेपालीको औषत समस्या के छन् ?
समस्या त म जतिबेला अमेरिका आएको थिए त्यसबेला र अहिले खासै फरक छैन । उस्तै-उस्तै हुन् । त्यो बेला पनि आर्थिक रुपमा दिर्घकालीन रुपमा स्थायि बन्नका लागि निकै कठिन थियो आज पनि त्यो अबस्था छ । अब एनआरएनका समस्यालाई हेर्ने हो भने अहिले प्रमुख समस्या भनेको हामिसंग डाटा नै छैन कि कति नेपाली अमेरिकामा बस्छन् ? कति बैधानिक रुपमा बस्छन् ? कति अबैधानिक ? सबैभन्दा मुख्य चुनौती यहि नै हो । म आउँदा र अहिलेका समस्या उस्तै छन् । अब आर्थिक रुपमा हेर्ने हो भने अझैपनि अमेरिका आएर धेरै पैसा कमाएर नेपालमा स्थापित बन्छु भन्न लाइ गाह्रो नै छ ।

यदि तपाईले जित्नु भयो भने के कस्ता समस्याहरु लाई समाधान गर्नुहुन्छ  ?
म त एउटा स्टेटको अध्यक्षको प्रत्यासी हुँ । मैले धेरै यस्तो गर्छु उस्तो गर्छु भन्नु भन्दा पनि सबैभन्दा पहिलो काम जर्जियामा नेपाली सेन्टर खोल्ने छु । यहाँको स्थानिय सरकार र नेपाली संस्था संग समन्वय गरेर एउटा सेन्टर खोल्छु । त्यसपछि भनेको जर्जियामा रहेका करिब ३ हजार नेपालीको डाटा कलेक्सन गर्ने हो । व्यक्तिगत बिवरण सहित कम्तीमा पनि यो डाटा राख्न सकियो भने एउटा महत्वपूर्ण उपलब्धि हुनेछ भन्ने मलाई लाग्छ ।
त्यसपछि जर्जियामा रहेका तेस्रो पुस्ता जसका पुस्ता नेपालमा रहे तर उनिहरु यहि जन्मिए यहि हुर्किए उनिहरुलाई अधिकार दिलाउनका लागि नेपाल सरकार संग पहल गर्ने छु । उनिहरु नेपाली नै हुन् उनिहरुले नेपालको पहिलो नागरिक सरह सम्भव नहोला यद्यपी राजयबाट पाउने अधिकारहरुको उपभोग गर्ने अवसर सिर्जना गर्नेछु ।

नेपालको लागि के चाहिं योगदान गर्छु भन्ने मनमा छ ?
म एउटा स्टेटमा उम्मेदवारी दिएको छु । महाबिर पुनलाई फण्ड सबैभन्दा पहिला दिने हाम्रो स्टेट हो । हामिले नेपाल वायरलेसका लागि सहयोग गरिरहेका छौं । यसका अलवा अन्य थुप्रै बिकासका काममा हािमले सहयोग गरिेरहेका छौं । अझै सहयोग गर्नेछौं । व्यक्तिगत रुपमा भन्नुपर्दा भोली म नेपालमै गएर पनि बिकासमा क्रियाशिल बन्न सक्छु ।

राजनीति कत्तिको मनपर्छ ?
कुनैपनि राजनिति दलको मैले सदस्यता लिएको छैन । एनआरएनमा पछिल्लो समय राजनिति बढिरहेको छ यसले कसैलाई पनि फाइदा गर्दैन । एउटा साझा संस्थामा रहेकाहरु राजनितिक रुपमा बिभाजन हुदाँ राम्रो सन्देश जादैन । आस्था हुन सक्छ तर सक्रिय कार्यकर्ता झै गरि नै प्रत्यक्ष राजनिति गर्नु राम्रो हैन । मैले दुइ बर्ष अघि एनआएन अमेरिकाको उपाध्यक्षमा उम्मेदवारी दिएको थिए, म स्वतन्त्र रहेकै कारण पराजय भए । म आज पनि स्वतन्त्र नै छु ।

एनआरएनलाइ प्रत्यक्ष राजनितिबाट टाढा राख्न के गर्न सकिएला ?

कुनै पार्टीको सदस्य भए नभएको पत्ता लगाएर प्रत्यक्ष रुपमा राजनिति गर्ने वा सदस्य रहेको व्यक्तिलाई उम्मेदवारको हुन पाउने व्यबस्था गर्न सके केहि हद सम्म टाढा राख्न सकिन्छ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
जीवनको लामो समय अमेरिकामा बिताए अहिलेपनि छु तर म जहाँ बसेपनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नेपालको बिकास तर्फ सोच्ने छु ।

 

Post Comment