गैर अवासीय नेपाली संङ (एनअरएन) अमेरिकाका च्याप्टर सभापतिहरूले विज्ञप्ती जारी गर्दै विवाद र अन्यैल समाधानका लागि नैतिक दवाव दिन अनुरोध गरेका छन् ।
१३ च्याप्टर अध्यक्षहरूले शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै अड्डा अदालत जानुको सट्टा नियमसंगत तरिकाले समाधान खोज्न अपिल गरेका छन् । विज्ञप्तीमा गैर आवासिय नेपाली सघठन अन्तरास्ट्रिय सम्मन्वय समिति, न्यायीक समिती अमेरिका, निर्वाचन समिति अमेरिकाको फरक फरक निर्णय मत मतान्तर देखिएको, एक अर्काको निर्णय नमान्ने र भिन्न निर्णय दिने जटील अवस्था सिर्जना भएको र यसले सस्थालाई हाल मात्र नभई दीर्घकालीन रुपमै असर परेको उल्लेख छ ।
विज्ञप्तीमा ‘बर्तमान कार्यसमितिका अग्रजहरु, पुर्व अध्यक्षहरु, पुर्व निर्वाचन कमिटिका साथै न्यायीक समितिका ब्यक्तित्वहरु तथा सम्पूर्ण एनआरएनका शुभ चिन्तकहरु यस बिषम परीस्थितीमा हामी सम्पूर्णले सस्थाको हितको लागि आवाज उठाउनु पर्ने हुँदा अनावश्यक झैँ झगडा अड्डा अदातल जानुको सट्टा नियम सङ्गत तरिकाले समाधानका बाटाहरु खोज्नुपर्ने देखिएकोले अबिलम्व तत् सम्बन्धि कार्य गर्न लगाउन अनुरोध गर्दछौ’ भनिएको छ ।
विज्ञप्तिमा महासचिव पूर्ण बानियाको उम्मेदवारी गैरकानुनी रूपमा खारेज गरिएको प्रति समेत खेद व्यक्त गर्दै सच्याउन माग गरिएको छ ।
विज्ञप्ती जारी गर्नेहरूमा उत्तम लामिछाने टेक्सस, तेम्बा शेर्पा न्यूयोर्क, सुमन वस्ती इलिनियोस, इश्वरी भट्ट न्यूह्याम्पसायर, राम ओझा कनेक्टिकट, बासुदेब खनाल कोलोराडो, जेदु पोख्रेल मेरिल्यान्ड, मोहन तिमिल्सिना जर्जिया, रेवतीराज अधिकारी नर्थ क्यारोलाइना, पूर्ण बानिया क्यालिफोर्निया, मुक्ती दवाडी भर्जिनिया, मुकुन्द ओझा न्यूजर्सी, जगन्न लाल श्रेष्ठ मिचिगन, बिष्णु कार्की म्यासाचुसेट, दीवाकर महर्जन अरेगन, विश्वमान आङ्ग्देम्बे जर्जिया, राम बाबु पाण्डे क्यालिफोर्नया र प्रदिप तिमिल्सिना टेक्सस रहेका छन् ।
विज्ञप्तीको अन्त्यमा एनआरएन अमेरिकालाइ विश्वमै प्रतिष्ठित मजबुत बनाउने कार्यमा सबैको सहयोग सद्भावको आशा राख्दै गलत कार्य गर्नेहरुलाइ हतोत्साही बनाउन सबैको एक्यवध्दताका लागि अनुरोध गरिएको छ ।
च्याप्टरहरुका तर्फबाट प्रेस विज्ञप्ति :
सम्पूर्ण गैर आवासीय नेपाली आमाबुवा दाजुभाइ दिदीबहिनीहरु, गैर आवासीय नेपाली संघ अमेरिका सँग आबद्ध रहनु भएका अग्रजहरु, शुभ चिन्तकहरु, छिट्टै हुनलागेको गैर आवासीय नेपाली संघ अमेरिका को निर्वाचन सम्बन्धी हालका दिनमा गैर आवासीय नेपाली सघठन अन्तर्राष्ट्रिय सम्मन्वय समिति, न्यायीक समिति अमेरिका , निर्वाचन समिति अमेरिका को फरक फरक निर्णय मत मतान्तर देखिएको र एक अर्काको निर्णय नमान्ने र भिन्न निर्णय दिने जटिल अवस्था सिर्जना भएको र यसले सस्थालाई हाल मात्र नभई दीर्घकालीन रूपमै असरपार्ने भएकोले सम्पूर्ण च्याप्टरहरुको ध्यानाकर्षण भएको छ ।
वर्तमान कार्यसमितिका अग्रजहरु, पूर्व अध्यक्ष ज्यु हरू , पूर्व निर्वाचन कमिटीका साथै न्यायीक समितिका ब्यक्तीत्वहरु तथा सम्पूर्ण यन आर यन शुभ चिन्तकहरु यस विषम परिस्थितिमा हामी सम्पूर्ण ले सस्थाको हितको लागि आवाज उठाउनु
पर्ने हुँदा अनावश्यक झैँ झगडा अड्डा अदातल जानुको सट्टा नियम सङ्गत तरिकाले समाधानका बाटाहरु खोजिनु पर्ने देखिएकोले अविलम्ब तत् सम्बन्धी कार्य गर्नलगाउन अनुरोध गर्दछौ ।
अन्तर्राष्ट्रिय सम्मन्वय समिति, न्यायीक समिति अमेरिका , निर्वाचन समिति अमेरिका को अाआफ्नै कार्य क्षेत्र हुने हुनाले अाआफ्नै दायरा भित्र रही कार्य सञ्चालन गरी संस्था को हितमा कार्य गर्न सम्पूर्ण जनमानसको तर्फ बाट नैतिक दबाब दिन सम्पूर्ण च्याप्टर अपिल गर्दछ ।
अन्तिम समयमा अन्तर्राष्ट्रिय समन्वय समिति बाट तीन सदस्यीय छानबिन समिति बनाइ उक्त समितिको िनर्णय नआए सम्मका लागि कुनै पनि कार्य नगर्नु भन्ने पत्राचार भई सकेको अवस्थामा निर्वाचन कमिटी बाट उक्त निर्णयको अबेज्ञा गर्दै च्याप्टर अध्यक्ष पूर्ण बानीया ज्यु को उमेर्द्द्वार सुची बाट नाम हटाएको मा खेद व्यक्त गर्दै उक्त निर्णय सच्याउन माग गर्दछौ ।
आदरणीय अग्रजहरु अन्त्यमा यन आर यन अमेरिका लाई विश्वमै प्रतीस्ठित मजबुत बनाउने कार्यमा यहाहरुका सबै को सहयोग सद्भाव को आसा राख्दै गलत कार्य गर्नेहरुलाइ हतोत्साही बनाउन यहाहरु सम्पूर्णको एक बद्दता को लागि अनुरोध गर्दछौ ।
१. उत्तम लामिछाने TX
२. तेम्बा शेर्पा NY
३. सुमन बस्ती IL
४. इश्वोरी भट्ट NH
५. राम ओझा CT
६ . बाशु देव खनाल CO
७. जेदु पोख्रेल MD
८. मोहन तिमिल्सिना GA
९. रेवती राज अधिकारी NC
१०. पूर्ण बानिया CA
१०. मुक्ति दवाडी VA
११ . मुकुन्द ओझा NJ
१२. जगन्न लाल श्रेष्ठ MI
१३ . विष्णु कार्की MA
१४. दीवाकर महर्जन OR
१५ .विश्वमान आङ्ग्देम्बे GA
१६. राम बाबु पाण्डे CA
१७. प्रदिप तिमिल्सिना TX