एनआरएन अमेरीका निर्वाचन: निर्वाचन रोक्न जारी गरेको आदेशबारे जानकारी छैन

एनआरएन अमेरीका निर्वाचन: निर्वाचन रोक्न जारी गरेको आदेशबारे जानकारी छैन
एनआरएन विशेष

एनआरएन अमेरीकाका निर्वाचन समिती प्रमुख बन्दिता शर्मा दाहालले सोमबार अदालतले निर्वाचन रोक्न जारी गरेको आदेशबारे जानकारी नभएको बताउनुभएको छ ।

संचारमाध्यम र सामाजिक संजालमा अदालतले एनआरएन अमेरीकाको आसन्न निर्वाचन स्थगीत गर्न आदेश दिएको समाचार फैलिएपछि निर्वाचन समिती प्रमुख बन्दिता शर्मा दाहालले पनि अदालतको आदेशबारे जानकारी नभएको बताउनुभएको छ ।

अदालतको निर्वाचन रोक्ने आदेशबारे कुनै आधिकारीक जानकारी समितीलाई नआएको र निर्वाचन समयमै सम्पन्न गर्न निर्वाचन समिती कटिबद्ध रहेको बताउनुभएको हो ।

संचारमाध्यम र सामाजिक संजालहरुमा अदालतले यही ११ र १२ तारिखमा हुन लागेको निर्वाचन रोक्ने आदेश दिएको समाचार भाइरल बनाइएको थियो ।

गौरी जोशीको उम्मेद्धारी निर्वाचन समितीले बदर गरेपछि उत्पन्न बिबाद अदालत सम्म पुगेको तर अदालतले एकै दिनमा अन्तरिम आदेश नदिने गरेकोले समाचार अपुष्ट रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार अदालतमा मुद्धा परेको भएपनि निर्वाचन सम्म अदालतको आदेश आउने सम्भावना कम छ ।

गौरी जोशीको अध्यक्षका लागी योग्यता नपुगेको भन्दै निर्वाचन समितीले उम्मेद्धारी रद्ध गरेपछि बिबाद बढेको थियो । निर्वाचन समिती प्रमुख शर्माले बिद्यान अनुसार जोशीको उम्मेद्धारी सदर गर्न नसकिने स्पष्ट पारिसक्नुभएको छ ।

Post Comment