एनआरएन अमेरिका निर्वाचन : गौरी जोशीले मनोनयन फिर्ता लिए

एनआरएन विशेष
एनआरएन अमेरिकाको अध्यक्ष पदको दौडवाट गौरी जोशी यस पटकलाई अलग भएका छन् । जोशीले बुधवार एनआरएन अमेरिका निर्वाचन समितिलाई पत्र पठाएर आफ्नो मनोनयन फिर्ता लिएको जानकारी दिएका छन् । ड्यालसमा गत शनिवार भएको सहमति अनुसार जोशीले आफू उम्मेदवार हुन पाउनुपर्छ भनेर अदालतमा दायर मुद्दा  र उम्मेदवार मनोनयन पनि फिर्ता लिएका हुन् । जोशीसगैं संयुक्त रूपमा मुद्दा दायर गर्ने महासचिवका दावेदार पूर्ण बानियांले पनि मुद्दा फिर्ता लिएका हुन् ।
डा केशव पौडेल र जोशी बिच शनिवार प्रत्यक्ष वार्ता भएको थियो । यसमा एनआरएन आईसीसीका उच्च पदाधिकारी  लगायत केही सिमिति व्यक्तिको संलग्नता थियो । सहमति पछि जोशी र डा पौडेलले अँगालो मारेका थिए ।
यो वार्ताकै आधारमा गौरीले अहिलेलाई विना सर्त मुद्दा र उम्मेदवारी फिर्ता लिएका हुन् । सहमति र सहकार्य गरेरै जाने भनेर मैले मुद्दा र उम्मेदवारी फिर्ता लिएको हुँ, जोशीले बुधवार हिमालयखवरसंग भने अव छिटो र सहज रूपमा निर्वाचन अघि वढोस भन्ने मेरो आग्रह छ ।  के सहमति भएको हो यसमा भने उनले स्पष्ट गर्न चाहेनन् । तर, वार्तामा संलग्न स्रोतका अनुसार गौरी कुनै न कुनै पदमा रहेर एनआरएनमा सकृय हुने भन्ने छ ।
यस अघि पनि कयौँ पटक जोशी र डा पौडेल बिच सहमतिको प्रयास भएको थियो । तर, पटक पटक सहमति टु्द्दै आएको थियो । यो सहमतिले डा पौडेललाई पुन निर्वाचित हुन केही सहज हुनेछ । तर, निर्वाचनमा अरू तिन जना प्रतिस्पर्धी भने छन् । यो सहमतिलाई लिएर गौरीको समूह भित्र केही मतभिन्नताहरु देखिएका थिए । तर, एनआरएन अमेरिकामा नयाँ नेतृत्व चयनलाई सजिलो बनाउन मुद्दा फिर्ताको विकल्प थिएन ।
गौरी र बानियांले संयुक्त रूपमा मुद्दा दायर गरेपछि निर्वाचन रोक्न अन्तरिम आदेश जारी भएको थियो । यस विरुद्ध निर्वाचन समिति र एनआरएन अमेरिका पनि अदालतमा जवाफ दिने तयारीमा थियो । मुद्दा फिर्ता भएकाले यो स्थगित भएको छ ।
अव छिट्टै निर्वाचनको नयाँ तालिकका घोषणा हुने स्रोतले जनाएको छ । अक्टोबरको दोस्रो साता काठ्माडौंमा एनआरएनए विश्व सम्मेलन हुदैं छ । त्यहांपनि नयाँ नेतृत्वका लागि निर्वाचन हुदैंछ । मुद्दा फिर्ता लिई निर्वाचन प्रकृया सहज बन्दै गएकाले अमेरिकाबाट पनि प्रतिनिधित्व गराउने प्रकृया सहज हुने भएको छ ।

Post Comment