एनआरएनएको चुनावमा सरल, सक्षम, कुशल नेतृत्वदायी भुमिका वहन गर्न सक्ने व्यक्ति आजको आवश्यकता भएको ठहर सहित अमेरिका स्थित नेपालीको चाहना अनुरुप रामसी पोखरेलले उम्मेद्वारी दिएका छन् ।
हाल एनआरएनएमा देखिएको अन्योलतालाई चिर्दे सवल र सक्षम नेतृत्वका लागि अमेरिका स्थित बुद्धिजिवी तथा विभिन्न राजनीतिक पार्टीको भावना र मर्म अनुरुप रामसी पोखरेलले अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका हुन् । उहाँ हाल एनआरएनए अमेरिकाको उपाध्यक्ष हुन् ।
अमेरिकाभरि फैलिएका नेपालीलाई एउटै सुत्रमा बाध्न तथा नेपालको तिव्र आर्थिक विकासको लागि एनआरएनको सीप, दक्षता, उद्यमशिलता र लगानी भित्र्याउन उहाँले अध्यक्ष पदमा उम्मेद्वारी दिनु भएको हो ।
‘एनआरएन अमेरिकालाई साझा चौतारीको रुपमा विकास गर्दै सुन्दर र सुगन्धित बगैचाको रुपमा विकास गर्ने मेरो उद्देश्य छ,’ उहाँले भन्नुभयो ‘संस्थालाई कसरी दीगो र संस्थागत बनाउन सकिन्छ भन्ने मेरो सोच र योजना छ, संस्थाको प्रवद्र्धनका लागि व्यापक कार्यक्रम ल्याउन म प्रतिवद्ध छु ।’