जनसम्पर्क समिति संस्थापन पक्षले कृष्ण पोखरेललाई समर्थन गर्ने

जनसम्पर्क समिति संस्थापन पक्षले कृष्ण पोखरेललाई समर्थन गर्ने
एनआरएन विशेष
एनआरएन अमेरिकाको निर्वाचन सन्दर्भमा बिहीबार राती भएको बैठकमा जनसम्पर्क समिति संस्थापन पक्षले कृष्ण पोखरेललाई अध्यक्षमा समर्थन गर्ने जानकारी आफ्नो पक्षमा भनिएका उम्मेदवारहरुलाई गराएका छन् I लामो छलफल पछि अध्यक्षमा पोखरेललाई समर्थन गर्ने टुंगोमा पुगेको जनसम्पर्क समितिका सभापति आनन्द विष्टले जानकारी गराएको बैठकका सहभागीलेजानकारी दिए ।
उक्त बैठकमा उम्मेदवारको दौडवाट वाहिररिएका गौरी जोशी पनि सहभागी थिए । उनले पनि यो निर्णय आफूलाई स्वीकार्य भएको जनाउंदै पोखरेललाई समर्थन गर्ने जानकारी गराएको बैठकका सहभागीले बताएका छन् ।
बैठकमा अध्यक्षका उम्मेदवार राम सी पोखरेलले पनि कृष्णलाई समर्थन गरेको बताइएको थियो । केहीले यसमा राम सीलाई धन्यवाद पनि दिएका थिए । तर, राम सीले भने कुनै सहमति नभएको र आफ्नो उम्मेदवारी कायम रहेको हिमालयखवरलाई बताए ।
बैठकका केही सहभागीले शुक्रवार बिहान बिहीबार रातीको उक्त वैठकनै हास्यास्पद रहेको टिप्पणी गरे । यो बैठकको कुनै अर्थनरहेको भन्दै कयौँले शुक्रवार बिहानै आफू बैठकको निर्णयको पक्षमा नरहेको बताएका थिए ।
बैठकका ती सहभागीले गौरी जोशीले केही दिन अघि डा केशव पौडेललाई पनि समर्थन गर्छु भन्ने अहिले कृष्ण पोखरेलसंग छु भन्नु आफैमा विरोधाभास रहेको बताए ।
बैठकमा आएका एक पदाधिकारीका उम्मेदवारले गौरी जोशीको भोट र समर्थन समेत आफूलाई नचाहिने बताएको सहभागीले हिमालयखवरलाई जानकारी दिए ।
बैठकमा जोशीले डा पौडेलसंग गरेको सहमतिका बारेमा पनि कसैले प्रश्न उठाएका थिएनन । खाली शङ्का मात्र गरेका थिए । जनसम्पर्क समितिमा पनि कुन उम्मेदवारलाई समर्थन गर्ने एक मत छैन । एक पक्षले डा पौडेललाई सघाईरहेको छ । प्रवासी मञ्चमा पनि यस्तै बिरोधाभास छ ।
बैठकमा गौरी पक्षको टिममा परेका अधिकांश उम्मेदवार लगायत, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जीसी, जनसम्पर्क समितिका वेद खरेल, केन्द्रीय सदस्य गौतम दाहाल, सुन्दर गुरुङ, विनोद भट्ट, चन्द्र धिताल, एनआरएन आईसीसीका उम्मेदवार वेद बस्नेत, बलराम थापा, प्रवासी मञ्चका सञ्जय थापा लगायत अम्बिका अधिकारी, श्री पराजुली सहभागिता रहेको बताइएको छ ।
महासचिव उम्मेदवार पूर्ण बानियांले सुरु गरेको उक्त बैठकको सुरुमै खगेन्द्र जीसीले अध्यक्षमा कृष्ण पोखेरेललाई समर्थन गर्न लागेको जानकारी दिएको थिए ।
उनले पोखरेलको नेतृत्वमा बन्न लागेको यो टिमले आफूलाई पनि सघाउने आशा व्यक्त गरेको जीसीले बताएका थिए । यस पछि जनसम्पर्क समितिका सभापति विष्टले टिमलाई एक ढिक्का राख्नपनि अध्यक्षमा पोखरेललाई समर्थन गर्नु परेको जानकारी दिएका थिए । यसमा वेद खरेलले समर्थन जनाउंदै थप व्याख्या गरेका थिए ।
बैठकमा डा केशव पौडेलसंग सहमतिका लागि पहल भएपछि उनले कहिले टेक्सस डाक्ने अहिले सिकागो डाक्ने गरेको जानकारी दिदैं बैठकमा सहभागीले तिर्खा लागेको मान्छे नै खोलो धाउनुपर्नेमा खोलो आफूसँग आओस भन्ने जस्तो व्यवहार डा पौडेलले देखाएको जनाकारी दिएका थिए ।
पूर्व अध्यक्ष खगेन्द्र जीसी यसरी आएर अपरिपक्कता देखाएको टिप्पणी पनि बैठकका सहभागीलेबताए ।
गौरी पक्षका भनेर चिनिएकाले पनि जनसम्पर्क समितिको यो निर्णयलाई समर्थन नगरेको बताइएको छ । केहीले गौरीको भूमिका प्रति अविश्वास गर्दै प्रश्न उठाएका थिए ।
तर, बैठकको अन्तिम तिर वोलेका गौरीले शङ्का नगर्न भनेको सहभागीले बताए । बैठकमा क्षेत्रीय संयोजक सोनाम लामा र डा केशव पौडेलले एकलौटी रूपमा एनआरएन अमेरिका चलाएको आरोप पनि लगाएका थिए ।
एनआरएनएको सकृयतामा गोर्खाको बारपाकमा बनिरहेका भूकम्प पीडितको आवासमा ३५ करोड खर्च हुने र यसमा सोनाम लामाको समेत मिलोमतोमा वित्तीय अनियमितता भइरहेको कुरा पनि बैठकमा उठेको थियो । बैठकका सहभागी कयौँले केही बोलेनन् ।

Post Comment