सेप्टेम्बर २, अमेरिका । सेप्टेम्बर ५ र ६ मा एन आर एन अमेरिकाको चुनाब हुँदै छ । एनआरएन अमेरिकाको कोषाध्यक्ष पदका उम्मेद्वार रबिन वज्राचार्यसँग एनआरएन अमेरिकाका र चुनाबको सेरोफेरोमा रहेर गरिएको अन्तवार्ता:
अन्तत चुनाब हुँदै छ – के भन्नु हुन्छ ?
एनआरएन लाई सही दिशामा हिडाउने क्रममा पहिलो कदम हो र म यसको म हिर्दय देखी स्वागत गर्दछु तर एनआरएन सुधृणिकरण को लागि धेरै अघी बड्नु छ र हामी सबै मिलेर नै लक्ष हासिल गर्न सकिनेछ भन्ने म आशाबदी छु । ढिलो चाडोको कुरा मात्र हो ।
एनआरएन सुधृणिकरण को कुरा गर्नु हुन्छ – के कुरा नमिलेको हो हाम्रा पाठक वर्गलाई बताइ दिनु हुन्छ कि ?
सामुदायिक संस्था बनाउने हो – जस्लाई सबै जनाले अपनत्व गर्न सकुन । एनआरएन अमेरिका लाई सिन्डिकेट को पारामा चलाउन खोजिएको छ । यो राम्रो होइन र हटाउनु पर्छ । यस पटक पनि गिफ्ट कार्ड किनेर मेम्बर बनाएको पैएको छ । यो सबै मेम्बरशिप प्रकृयामा भएको त्रुटी को कारण हो । त्यसैले ID को ब्यवस्था गर्ने प्रकिया मा मेरो कोशीस रहने छ । यसो गर्दा धेरै हद सम्म सही सदस्य हुनेछन्, सबैले उठ्न पाउने, र किनिएका मत हरु ले जिताउने र हराउने काम रोकिनेछ ।
कोषाध्यक्षमा उम्मेद्वार दिनु भएको छ – हजुर को एजेन्डा प्रष्ट पारिदिनु हुन्छ कि ?
मुल रुप मैले भन्ने हो भने एनआरएन लाई ग्रास रूट लेवेल म लजने नै मेरो प्रमुख उद्धेश्य हो । अहिले पनि एन आर एन सबै को लोक प्रिय बन्न सकेको छैन, त्यसैले ग्रास रूट लेवेल पुगेर स्थानिय नेपाली हरुको हित हुने काम हरु गरेर यसलाई लोकप्रिय बनाउदै हामी सबै को एन आर एन बनाउने छु ।
दोस्रो कुरा कोषाध्यक्ष को हैसियत सस्था को अर्थ ब्यवस्थापन नै हो, त्यसैले एनआरएन अमेरिका को कोश बृद्धी गर्ने म तल्लिन रहने छु, धन भएमा मात्रै कार्यक्रमहरु गर्न सकिन्छ । एन आर एन अमेरिका को तर्फ बाट म नेपाल सरकार सँग अमेरिकी नेपाली को हित मा हुने काम हरु को लागि पहल गरिनेछ । सजिलो यात्रा, सजिलो लगानी, कम कर को लागि पहल गर्ने छु, नेपाल मा लाग्ने कर लाई सकेको कम प्रायस गरेन छु । हामी नेपाल लाई पनि सहयोग गर्ने भनेर लागेक छौं। त्यसैले कर कम गराउने पहल गर्नेछु । लगानी सुरक्षित गराउने पहल गरिनेछ, बिप्पाको कुरा उठाउने छु, त्यो भएमा यताकाले सानोतिनो लगानी गर्न सकिनेछ।
स्टक मार्केटमा पनि लगानी गर्न सक्ने ब्यवस्था गराउन पहल गर्नेछु। आई डि को अनिवार्यताको ब्यवस्था गराउने छु। हुन त यो बिधानमा सम्म उल्लेख भइ सकेको छ, तर कार्यान्वयन हुन सकेको छैन्। त्यसको कार्यान्वयन गराउने छु बिधानमा भएको कुराको पालना हुनु पर्छ, यसको लागी अदालतसम्म जान परे पनि जानेछु।
ICC र NCC सम्बन्धिको बिधान को ब्याख्या साधारण सभाबाट गराउने छु ताकि भोलीका दिनमा आज जस्तो दुबिधा नआओस्। अन्तमा सम्पूर्ण साथीहरुको सुझावहरुलाई बोर्डमा लगेर कार्यान्वयन गराउने पहल गराउनेछु।
आफ्नो प्रतिस्पर्धी भन्दा आफुलाई कसरी फरक देखाउनु हुन्छ ?
सुन र पित्ल जतिकै फरक छ। मेरा सम्पूर्ण प्रतिद्वन्दिहरु कसै न कसैबाट टिका लगाएर आएका हुन। त्यसैले उहाँ हरु अरुको कुरा सुनेर काम गर्ने छ भने मैले जनहित र संस्थाको हितको लागी काम गर्ने छु। गरेर देखाएको पनि छु। नेपाललाई दुख्दा नेपालै पुगेर सक्दो महलम लगाएर आएको छु। धेरै बिरामीहरुलाई सहयोग गरेको छु ।
एनआरएन को ग्लोबल र रिजनल कन्फरेन्समा पनि सकृय भूमिका निर्वाह गरेको छु।
एनआरएन अमेरिका लाई न्याय संगत राख्न अदालतै जाने समेत अलोकप्रिय कदम पनि चालेकै छु। न्यायिक समितिमा पनि बार बार धाएर एनआरएन को हितको कदम चालेकै छु, यि कुराहरु मैले सबैको सामू पुन दोहर्याउन पर्दैन होला।
मैले गरेका कामहरुको साथीहरुले मूल्यांकन गरेका छन र गर्ने छन । एनआरएनको ईतिहासमा सुनौलो अक्षरले लेखिनेछ। मैले हाल सम्म गरेका कामहरु भोलिका लागी नजिर बन्ने छ। साथै भोलि गर्ने कामहरुले एनआरएन अझ बलियो बन्ने छ। किन भने म सत्य र न्यायको लागी कसै संग कुनै किसिमको सौदा गर्ने मान्छे होइन र अप्रिय अदानहरु पनि लिन सक्षम छु।
अन्तमा सम्पुर्ण एन आर एन सदस्य हरुलाई केहि भन्नु हुन्छ कि ?
साथीहरु यो एनआरएनलाई सुधृणिकरण बनाउने सुनौलो अवसर हो। तपाईहरुको सहि रोजाईले नै एनआरएन मा सहि नेतृत्व प्राप्त हुनेछ। त्यसैले सबैले मतदान गर्नुहोस। धेरै राम्रा मित्रहरु केहि दिन्छु भनेर चुनावमा होमिनु भएका छन्। उम्मेदवार सबै हाम्रै हुन, त्यसैले राम्रा उम्मेदवारहरुलाई मत दिएर राम्रो नेतृत्व छान्नु होस। कोषाध्यक्षमा मेरो बिकल्प कोहि छैन । तपाईहरुले मत दिएर अत्याधिक मतले बिजयी बनाउनु होस। तपाईहरुको मत खेर जान दिने छैन।