सबैको साझा थलोको रुपमा एनआरएनएलाई विकास गर्न मेरो उम्मेदवारी :- सचिवको उम्मेद्वार टेक बहादुर लामा

सबैको साझा थलोको रुपमा एनआरएनएलाई विकास गर्न मेरो उम्मेदवारी :- सचिवको उम्मेद्वार टेक बहादुर लामा
एनआरएन विशेष

एनआरएन अमेरिकाको निर्वाचन नजिकिदैं जाँदा उम्मेदवारहरु आफ्नो प्रचारलाई तिब्रता दिदैं भोट माग्न तल्लीन छन् । आफ्ना प्रतिबद्धता सहित  एजेण्डाहरु सार्वजनिक गर्ने क्रम बढिरहेको छ । यसैबिचमा एनआरएन अमेरिकाको सचिव पदको उम्मेदवार रहेका टेक लामाले  एजेण्डा सहित  आफ्नो पक्षमा मत माग्दै   सबैको साझा थलोको रुपमा एनआरएनएलाई विकास गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

आदरणीय अमेरिकाबासी दाजुभाइ तथा दिदिबहिनीहरु, गैर आवासीय नेपाली संघका अग्रजहरु, तथा कार्यसमितीका साथीहरु, बिभिन्न संघ संस्थाका साथीहरु, पत्रकार मित्रहरु
हार्दिक नमस्कार ..!!
हामी सबैको साझा संस्था एनआरएनए अमेरिकाको निर्वाचन यहि सेप्टेम्बर ५ र ६ तारिख सम्पन्न हुन गैरहेको हामी सबैलाई सर्वविदितै छ ।
लामो समयदेखी लस एन्जलसलाई कर्म क्षेत्र बनाएर विभिन्न स्थानिय संघ संस्थामा सामाजिक अभियान्तको रुपमा क्रियाशील हुदै आम प्रवासी नेपीलीहरुको हक र हितको निम्ति एनआरएनए अमेरिकाको निर्वाचनमा म टेक बहादुर लामा सचिव पदको लागि आफ्नो उम्मेदवारी लिएर उपस्थित भएको छु ।
प्रवासमा रहेका हामी तमाम नेपालीहरुको हक, अधिकार र सुनिश्चितताका लागि टेवा पुग्दछ, त्यसैले एनआरएनए अमेरिकाको यो निर्वाचनलाई एकताको निर्वाचन बनाउंदै सबल नेपाली समाज निर्माणको महान अभियानमा सरिक हुन मलाई यहाँहरुको अमुल्य मत र सहयोगको खांचो छ ।
प्रवासी नेपाली समुदायको छाता संगठन एनआरएनएको संस्थागत विकास र नेपाली समाजबिचको एकताको आवश्यकतालाई सम्बोधन गर्दै हामी सबैको साझा थलोको रुपमा एनआरएनएलाई विकास गर्न यो निर्वाचनमा मेरो उम्मेद्वारी हो ।
मलाई विश्वास छ, सदाझैं यहाँहरूको सहयोग, सदभाव र प्रेरणा मेरा लागि पथ प्रदर्शक हुनेछन् र यहाँहरुको अमुल्य सहयोगको अपेक्षा गरेको छु।
धन्यवाद !
टेक बहादुर लामा
सचिव पदको उम्मेद्वार
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका

Post Comment