एनआरएन मार्फत सामाजिक सेवा गर्ने मुल उदेश्य रहेको छ :-उपाध्यक्ष पदकी उम्मेद्वार उमा कार्की

एनआरएन मार्फत सामाजिक सेवा गर्ने मुल उदेश्य रहेको छ :-उपाध्यक्ष पदकी उम्मेद्वार उमा कार्की
एनआरएन विशेष

आफ्नो उम्मेदवारी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुको हक र हितको निम्ति रहेको  एनआरएन अमेरिकाको निर्वाचनमा उपाध्यक्ष पदकी उम्मेद्वार उमा कार्की थापा बताउँछिन् ।

समाजसेवालाई दरिलो निरन्तरताका लागि गत बर्ष देखी ‘गणेश – तिर्था फाउन्डेशन’ मार्फत लाग्दै लस एन्जलसका स्थानिय नेपाल अमेरिका एकता समाजकी दुई कार्यकालकी अध्यक्ष, संस्थापक अध्यक्ष वेष्ट अमेरिका नेपलिज एसोसिएसन ,वाना ,नेपाली जनसंपर्क समिती, अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरकी सल्लाहकार लगायत बिभिन्न सामाजिक संघ-संस्थाहरुमा आबद्ध रहंदै एनआरएन मार्फत सामाजिक सेवा गर्ने मुल उदेश्यका साथ सवैको सहयोगको अाशा रहेकाले सबैले साथ दिनेमा आशावादी छिन् ।

एनआरएन अमेरिकाको प्रथम महिला संयोजक एवम आईसीसीकी बर्तमान महिला टास्क फोर्सको सदस्यमा पनि काम गरेको अनुभव कार्कि संग रहेको छ ।

एनआरएन अमेरिकाको यो निर्वाचनलाई एकताको निर्वाचन बनाउंदै सबल नेपाली समाज निर्माणको महान अभियानमा सरिक हुन मलाई यहाँहरुको आफुलाई सबैले मतदान गर्ने अपेक्षा उनले राखेकि छन् ।

 

Post Comment