गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनमा लक्ष्मी खरेल थापा महिला संयोजकको सशक्त उम्मेदवार हनु् ।
लामो समयदेखी अमेरीकाको सानफ्रान्सिस्को क्यालिफोर्नियामा रहेर समाजसेवामा सक्रिय लक्ष्मीले सामाजिक भावनाको तिब्र इच्छाशक्तिलाई व्यवहारमा उतार्न एनआरएन अमेरीकाको महिला संयोजकमा उम्मेद्धारी दिएको बताउनुभएको छ ।
नडब्ल्यूजीएनको कोषाध्यक्ष, लायन्स क्लब अफ बर्कर्लीको सचिव, न्यान्सको महिला फोरममा सदस्य, सन्नी सगरमाथा समाजको सदस्य, नेपालमा भिलेज नेपाल नामक संस्थामा संलग्न रहेकी एवम बिभिन्न सामाजिक संस्थाहरुमा सकृय लक्ष्मीले एनआरएन मार्फत सामाजिक सेवाको लागि महिला संयोजकमा उम्मेद्धारी दिएकोले सबैको सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
प्रवासी महिलाहरूमा सिप र क्षमताको अभिवृद्धि, तिरस्कार र भेदभाव बिरुद्ध सशक्त आवाज, नारी सम्मान र सामाजिक अस्तित्वको रक्षा, सामुदायिक नेतृत्व, एकता, सद्भाव र सहकार्यका सिर्जनाका लागि हरसम्भव लागिपर्न पनि आफुलाई विजयी बनाउनुपर्ने लक्ष्मीको जोड छ ।
नारी सम्मान र सामाजिक अस्तित्वको रक्षाका लागी मतदान गर्नुहोस्:-महिला संयोजक उम्मेदवार लक्ष्मी खरेल थापा
