खास समूहसँग कोठामा हुने अपारदर्शी सहमतिमा विश्वास छैन:-अध्यक्षका उम्मेदवार राम सी पोखरेल

खास समूहसँग कोठामा हुने अपारदर्शी सहमतिमा विश्वास छैन:-अध्यक्षका उम्मेदवार राम सी पोखरेल
एनआरएन विशेष

केही समयको अन्यौलपछि अन्तत एनआरएन अमेरिकाको निर्वाचन यही सेप्टेम्बर ५ र ६ मा हुँदैछ । मतदानको समय धेरै टाढा छैन । अब खास समय आएको छ– सही नेतृत्व चुन्ने र एनआरएन अमेरिकालाई विगतका गल्तीहरुबाट बाहिर निकाल्ने ।

यो बिचमा के के भए, कस–कसका कारणले भए ? यो भनिरहन अब आवश्यक छैन। सबै पात्र र प्रवृतीहरु के कस्ता हुन भन्ने सबैलाई थाह भैसकेको छ । यी एक दुई दिनमा अझ अरू प्रस्ट हुँदैपनि जाला ।

म त एउटा कुरामा छक्क परिरहेको छु– एनआरएन अमेरिका जस्तो सामाजिक संस्थाको नेतृत्व चयनमा किन सस्ता र अपारदर्शी चलखेलहरु भैरहेका छन् ? किन अनेक पात्र र प्रबृत्तीहरुले डस्न निस्केको सर्पजस्तो फँडा पिंmजाइरहेका छन् ? के यस्ता चलखेलहरु समाजसेवा जस्तो पवित्र कामसँग सुहाउँदा छन् ? हामी कोही किन एनआरएन अमेरिकाको निर्वाचनलाई सहज रूपमा लिन सकिरहेका छैनौँ ? मैले त पहिले देखिनै भन्दै आइरहेको छु–एनआरएन अमेरिकालाई बलियो र प्रभावकारी बनाउने शर्तमा म पारदर्शी सहमतीकालागी सदैव तयार छु । तर अपारदर्शी सहमति , लेनदेन र हत्कण्डासँग म कहिल्यै सहमत हुन सक्दिन ।

यो बिचमा अध्यक्षमा कसैलाई समर्थन गर्न म सहमत भएको भन्ने केही हल्लाहरु बाहिर आएका छन् । यसलाई मैले एउटा सस्तो चुनावी हतकण्डाका रूपमा लिएको छु । म यहाँ प्रस्ट पार्न चाहन्छु– मैले कसैलाई अध्यक्षमा समर्थन गर्ने सहमति गरेको छैन ।

म, मेरो उम्मेदवारीप्रती कटिबद्ध छु । करिब तीनलाख नेपालीको प्रतिनिधित्व गर्न कस्सिएको मान्छे, कुनै खास समूहसँग कोठामा हुने अपारदर्शी सहमतिमा मलाइ विश्वासपनि छैन । यसैले मेरो उम्मेदवारीप्रती कुनै भ्रममा नपर्न सबैसँग आग्रह गर्दछु । मेरो त एउटै मान्यता छ– सामाजिक संस्थालाई कुनै पनि हालतमा राजनीतिको जस्तो अनावश्यक चलखेलको थलो बनाउनु हुँदैन । विवादित र बिभाजीत बनाउनु हुँदैन । मेरो लक्ष्य हो – एनआरएन अमेरिकालाई बलियो, विदादरहति, अविभाजीत र प्रभावकारी बनाउने । यही लक्ष्यका साथ मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ । यसबाट मपछि हटने कुरा नै आउँदैन । हार जीत हुँदे गर्ला ।

मैले पहिलेदेखि नै भन्दै आइरहेको छु– मेरो उम्मेदवारी अमेरिकाका सबै नेपालीका लागी र मातृभूमि–नेपालकालागी हो। नेपाली–नेपाली बिच नजोडिएको साइनो जोडने , त्यो साइनोलाइ थप बलियो एवं प्रभावकारी बनाउने र जोडिएको त्यो बलियो साइनोलाइ अमेरिकीहरुमाझपनि एउटा सम्पत्तिका रूपमा स्थापित गर्ने मेरो मुख्य उद्देश्य हो ।

स्वच्छ, पारदर्शि र विवादरहित व्यक्तिले मात्र समाजसेवाको नेतृत्व गर्न सक्छ भन्ने कुरामा म विश्वास गर्छु । यिनै तीन कसीमा राखेर उम्मेदवारहरुको मुल्याकंन गनुृहोस र मत दिनु होस भन्ने एनआरएन अमेरिकाकाका साथीहरूलाई मेरो आग्रह छ ।

फेरिपनि दोहोरयाएर भन्छु– कुनै पर्दा भित्रका राजनीतिक वा गैर राजनैतिक लेनदेन र समिकरणको भुँमरीमा एनआरएन अमेरिकाका साथीहरू नपर्नुस । आँफनो मन र दिमागले अलि खुला भएर हरेकको मुल्याकंन गर्नुस र मत दिनुस । एनआरएन अमेरिकालाई पार्टीगत राजनीतिको चलखेलको थलो बनाउनबाट रोक्ने यो एउटा ठुलो अवसर हो ।

Post Comment