गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको चुनाव सुरु भएको छ ।
बिहान ८ बजेदेखि सुरु भएको यो मतदान अनलाईन मार्फत आज र भोली जारी रहनेछ । एनआरएनको सदस्यता लिएका व्यक्तिले यो निर्वाचनमा मतदान गर्न पाउँछन् ।
एनआरएन अमेरिकामा झण्डै १५ हजार सदस्यहरु छन् । सदस्यहरुको इमेलमा एनआरएनबाट प्राप्त हुने लिंकमा गएर आफ्नो सदस्यता नम्बर राखेर भोटिंग गर्नसक्ने व्यबस्था गरिएको छ ।
यस पटकको चुनावमा अध्यक्षका लागि डा. केशव पौडेल, राम सी पोखरेल, रविना थापा र कृष्ण पोखरेल प्रतिस्पर्धामा छन् । बिहान ८ बजेदेखि सुरु भएको अनलाइन मतदानमा अमेरिकामा ५० वटै राज्यमा रहेका नेपालीहरुले उत्साहजनक रुपमा मतदान गरिरहेका छन् ।
यस पटकको चुनावमा सदस्यले कोही पनि उम्मेदवारलाई भोट हाल्न नचाहेमाAbstain मा क्लिक गरेर मत नहाल्न पनि पाउने व्यबस्था गरिएको छ । तर त्यसमा क्लिक नगरेमा तोकिएको संख्याकै उम्मेदवारलाई मत हाल्नुपर्ने हुन्छ ।
जस्तो कि, ११ जना बोर्ड अफ डाइरेक्टरको लागि कोही सदस्यले १० वा यो भन्दा कम संख्यामा मत दिन पाउँदैनन् । ११ जनालाईनै भोट दिनुपर्ने वाध्यता गरिएको छ । त्यस्तै आइसीसी मेम्बरका लागि ८ जनालाई मत हाल्नैपर्ने वाध्यता गरिएको छ ।
यात Abstain गर्नुपर्ने होइन भने तोकिएको संख्यालाई मत हाल्नुपर्ने व्यबस्था गरिएको छ ।
भोट हाल्नका लागि मतदाताहरु तयार भएर बसेपनि अधिकांशले भने अहिलेसम्म इमेलमा आफ्नो लिंक नपाएको गुनासो गरेका छन् ।