एनआरएन अमेरिकाको नयाँ नेतृत्वका लागि मंगलवार रातीसम्म ३ हजार ४८३ खसेको छ । मंगलवार विहान आठ वजेवाट मतदान शुरु भएपनि साँझ मत दिनेको संख्या वढेको निर्वाचन समिति अमेरिकाले जनाएको छ । वुधवार विहानसम्म ५० प्रतिशतको हाराहारीमा मत खस्ने अनुमान छ ।
एनआरएन अमेरिकाले सवै मतदातालाई मंगलवार विहान एकै पटक मास मेल मार्फत मतपत्र पठाएको थियो । उक्त मतपत्रमा अमेरिकाको पुर्वी समय अनुसार राती ११ बजेर ५९ मिनेटसम्म भोट हाल्न पाइन्छ ।
टेक्सस, क्यालिर्फोनिया जस्ता धेरै मतदाता भएको राज्यवाट अत्यधिक मत परिरहेको छ । अहिले अध्यक्ष पदका चार जना प्रत्यासी मध्ये तीन जना टेक्ससमै छन् ।
निर्वाचन समिति संयोजक बन्दिता शर्मा दाहालले मंगलवार दिउसो समाजिक संजाल मार्फत एकै स्थानमा वुथ बनाएर मत हालिएको सुन्नमा आएको उल्लेख गर्दै यो गलत भएको जानकारी दिएकी छिन् । एउटा कम्यूटरवाट १० भन्दा धेरै मत पर्दा शंकामा पर्ने संभावना रहेको वताईएको छ ।
अहिलेको स्थितिले १० हजार भन्दा वढी मत खस्ने अनुमान गरिएको छ । एनआरएन अमेरिकामा १४ हजार ५ सय १६ मतदाता छन् । केही मतदाताले प्राविधिक समस्या भएको गुनासो गरेका छन् ।
केहीले मतदाता सूचीमा आफ्नो नाम नभएको गुनासो गरेका छन् । कोलाराडोका आजिवन सदस्य रहेकाले समेत भोटर लिष्ट आफ्नो नाम नभएको गुनासो गरे ।
धेरैको निर्वाचन समितिवाट इमेल नआएको गुनासो गरेका छन् । एनआरएन अमेरिकाको वेभसाइट पनि सुस्त भएको छ ।