एनअारएन अमेरिकाकी प्रमुख निर्वाचन अायुक्त बन्दिता शर्मा दाहालले नतिजा लिक भएकाेमा अाश्चर्य व्यक्त गरेकी छिन् ।
‘हामीले इलेक्सन इबड्डीसँग यो विषयमा जानकारी मागेका छाैँ, उनीहरूसँग नतिजा सार्वजनिक गर्नु अघिसम्म नतिजा गोप्य राख्ने सहमति भएको थियो,’ उनले भनिन् ।
‘अायोगले विहीबार दिउँसोसम्म अाधिकारिक नतिजा सार्वजनिक गर्नेगरि अघि बढेको छ,’ उनले भनिन् । एउटै अाइपीबाट धेरै मत खसेको बारेमा पनि अनुसन्धान भैरहेको उनले बताइन् ।