गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचन परिणामको सुची सार्वजनिक गरेकोछ I सन् २०१७-२०१९ कार्यकालका लागि पुनः डा. केशव पौडेल निर्वाचित भएका छन् । मत परिणाम अनुसार डा. पौडेलले ४२२९ मत पाएका छन् । उनको निकटतम प्रतिद्वन्दी रविना थापाले ३०८५ मत ल्याएकी छन् । अर्का उम्मेदवार राम सी पोखरेलले ९६४ मत पाएका छन् भने कृष्ण पोखरेलले ७८३ मत पाएका छन् ।
चुनावी परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा टेक्ससका सुनिल साह निर्वाचित भएका छन् । त्यस्तै चार उपाध्यक्षहरुमा रामकुमार सुवेदी, राधा पौडेल, जेदु पोखरेल र उमा थापा कार्की निर्वाचित भएका छन् । महासचिवमा बाबुराम लामा, सचिवमा होमनाथ गौतम, कोषाध्यक्षमा डा प्रकाश अर्याल र सहकोषाध्यक्षमा पवन योन्जन विजयी भएका छन् । महिला संयोजकमा इन्दिरा त्रिपाठी निर्वाचित भएकी छिन् । युवा संयोजकमा स्वराज खाती निर्बिरोद भएका छन् I
कार्य समिति सदस्यहरूमा डा.अर्जुन बन्जाडे, कृष्ण लामिछाने, तृष्णा शर्मा, सञ्जय थापा, दिव्या केसी ओली, गोपेन्द्रराज भट्टराई, बिन्दु सापकोटा निरौला, अमृत कट्टेल, प्रीति सगर खत्री, आङ शेर्पा र विष्णु बहादुर शाहले विजय प्राप्त गरेका छन्।
एनआरएनको अन्तर्राष्ट्रिय समन्वय समितिका लागि आवश्यक ८ सदस्यका लागि भएको मतदानमा गोमा सेन, धर्म भट्टराई, बिष्णुमान प्रधान, प्रकाश सापकोटा, बन्दना कोइराला, बेदराज बस्नेत, डिल्लीराम भट्टराई र बलराम थापाले विजयी भएका छन् ।
National Election 2017 Vote Breakdown Detail Received By Each Candidate
State Chapter Winner List
Important notice from election commission