ईलिनोई, अमेरीका। यही सेप्टेम्बर १६, २०१७ का दिन गैह्र आवासीय नेपाली संघ, अमेरीकाको सपथ ग्राहण कार्यक्रम संग-संगै एनआरएन ईलिनोई राज्य कमिटीका नव-निर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण कार्यक्रम सिकागोल्यण्डमा सम्पन्न भयो।
सो अवसरमा सिकागोल्याण्डमा रहेका बिभिन्न स्थानीय संघ-संस्थाहरूका प्रतिनिधिहरू लगायत सर्बसाधारणहरूको उपस्थिति रहेको थियो। एनआरएन ईलिनोई च्याप्टरको कोषाध्यक्ष इश्वरी पाठकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सदस्य बिनोद शाहले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने तत्कालीन सचिब तथा नब-निर्बाचित सभापति सत्य नारायण चौधरीले संस्थाको प्रगति प्रतिबेदन तथा भाबी कार्य योजना पेश गर्नु भएको थियो।
संस्थाका बरिष्ठ सदस्य दलबहादुर श्रेष्ठले नब-निर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई सपथ ग्रहण गराउनु भएको थियो। सो कार्यक्रममा एन्माका सभापति एबं नेपाल सरकारका पर्यटन दूत बाला घिमिरे, सिकागोल्याण्ड नेपाली फ्रैण्डसिप सोसाईटीका सभापति टेकराज पौडेल, लायन्स क्लब सिकागोका सभापति रमाकान्त खरेल, नेपाली अमेरीकन सेन्टरका सभापति डा. बिष्णु फुंयालले नयाँ पदाधीकारीहरूलाई शुभकामना ब्यक्त गर्नु भयो।
त्यसैगरी शुभकामना ब्यक्त गर्नेहरूमा ओएनएफ अमेरीकाका उपसभापति गोपाल कंडेल, ईलिनोई जनसम्पर्क समितिका कोषाध्यक्ष बिजय रेग्मी, सिकागोल्यण्ड थारू सोसाईटीका उप-सभापति मुकेश कुमार चौधरी, नेवा अमेरीकन धाबुका सभापति उदय महर्जन हुनुहुन्थ्यो। सो अवसरमा समाजसेवीहरू सुरज घिमिरे, मधु बुढाथोकी लगायतका ब्यक्तित्वहरूले पनि नयाँ कार्य समितिका पदाधिकारीहरूलाई शुभकामना तथा निबर्तमान कमिटीका पदाधीकारीहरूलाई धन्यबाद ज्ञापन गर्नु भयो। सो अवसरमा एनआरएन ईलिनोई च्याप्टरले भावी दिनमा के कस्ता कार्यक्रमहरू ल्याउनु पर्छ भनेर सर्बसाधारणको राय बुझ्न एउटा सर्वे (online & print) पनि लंच गरिएको थियो।
सपथ ग्रहण पश्चात लगत्तै एनआरएन ईलिनोई च्याप्टर सभापति सत्य नारायण चौधरीको अध्यक्षता मा बसेको नयाँ कार्यसमितिको बैठकले आगामी अक्टूबर महिनामा एनआरएन डे मनाउने, एक महीना भित्र च्याप्टरको आफ्नै कार्यालय स्थापना गर्ने, एनअारएन ईलिनोई आपतकालीन कोष स्थापना गर्ने, आगामी समर मैसममा सिकागोमा सबै एनआरएन च्याप्टरका खेलाडीलाई आमन्त्रण गरी पहिलो ईन्टर स्टेट खेलकुद प्रतियोगिता आयोजना गर्ने, र सिकागोल्याण्ड कम्यूनिटी सेन्टर स्थापनाका लागि स्थानीय संघसंस्थाहरूसँग छलफल अगाडी बढ़ाई चॉडै टाउनहॉल मिटिंग गर्न पहल गर्ने निर्णय गर्यो।