यस्ता छन् एनआरएन अमेरिकाको पहिलो निर्णय

यस्ता छन् एनआरएन अमेरिकाको पहिलो निर्णय
एनआरएन विशेष
गैर आवासीय नेपाली संघ (एनआरएन) को आउँदो महिना काठमाडौंमा हुने ग्लोबल सम्मेलनका लागि अमेरिकाबाट झण्डै दुईसय प्रतिनिधि सहभागी हुने भएका छन् ।
आउँ अक्टोबरको १४ देखि १७ तारिखसम्म काठमाडौंको हायात रिजेन्सी होटलमा हुने सातौँ ग्लोबल सम्मेलनमा अमेरिकाबाट एकसय ७१ प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधिहरुको छनौट गर्नका लागि सात सदस्यीय समिति गठन भएको छ ।
एनआरएन अमेरिकाको आइतबार बाल्टीमोरमा बसेको बैठकले वरिष्ठ उपाध्यक्ष सुनिल शाहको संयोजकत्वमा सात सदस्यीय प्रतिनिधि छनौट समिति गठन गरेको हो । समितिका सदस्यहरुमा गौरीराज जोशी, प्रितिसागर खत्री, विष्णु शाह, बाबुराम लामा, राधा पौडेल र पासाङ लामा रहेका छन् ।
प्रतिनिधिको नाम छनौट गरेर ३० तारिखसम्म पेश गरिसक्न कार्यसमितिले निर्देशन दिएको छ । छनौट भएका प्रतिनिधिले काठमाडौं गएर एनआरएनको ग्लोबल सम्मेलनमा मतदान गर्न पाउनेछन् ।
बैठकले एनआरएन अमेरिका अन्तरगत बिभिन्न उपसमितिहरु समेत गठन गरेको छ । नेपाली भाषाको पाठ्यक्रम बनाएर लागु गर्न बोर्ड अफ डाइरेक्टर कृष्ण लामिछानेलाई जिम्मा दिइएको छ भने वेवसाइटलाई चुस्त बनाउन वरिष्ठ उपाध्यक्ष सुनिल शाहलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै टिपिएस नवीकरणका लागि पहल गर्न समेत समिति गठन गरेको छ ।

Post Comment