एनआरएनएको महासचिवमा अर्जुनकुमार श्रेष्ठको उम्मेद्वारी घोषणा(बिज्ञप्ती सहित)

एनआरएनएको महासचिवमा अर्जुनकुमार श्रेष्ठको उम्मेद्वारी घोषणा(बिज्ञप्ती सहित)
एनआरएन विशेष

गैरआवासीय नेपाली संघ (एनआरएनए)का वर्तमान सचिव अर्जुनकुमार श्रेष्ठ द्वारा एनआरएनए को महासचिव पदको लागि उम्मेद्वारीको घोषणा गरेका छन् l उनले आज सेप्टेम्बर तारिख सोमबार का दिन छापा बिज्ञप्ति जारि गर्दै काठमाडौँमा हुने ८ औ अन्तर्राष्ट्रिय सम्मेलनमा महा सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् l

गैरआवासीय नेपाली संघ अभियानमा सक्रिय तथा निरन्तर रुपमा लागि रहेका श्रेष्ठ युरोपका सफल ब्यबसायी पनि हुन् l उनले एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा मेरो अनुभव र सिपलाई उपयोग गर्न काठमाडौंमा १४–१७ अक्टूबर मा हुने आठौं अन्तर्राष्ट्रिय सम्मेलनमा महासचिव पदमा उम्मेद्वारी दिएको छु भनि उक्त छापा बिज्ञप्तिमा उल्लेख गरेका छन् l

छापा बिज्ञप्ति जस्ता को तस्तै (पूर्ण पाठ )

गैरआवासीय नेपाली संघका अग्रज, गैरआवासीय नेपाली दिदीबहिनी दाजुभाइ तथा पत्रकार मित्रहरु ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको डेढ दशक पुग्न लागेको छ । विदेशिएका नेपालीलाई संगठित गर्दै अभियानकोरुपमा स्थापित भएको एनआरएनएले हाल ७७ देशमा सांगठनिक उपस्थिति जनाएको छ ।

आठौं अधिवेशनको संघारमा रहँदै गर्दा म गैरआवासीय नेपाली अभियानका अभियन्ताहरुलाई स्मरण गर्न चाहन्छु । उहाँहरुको सृजनशील प्रयासले एनआरएनए अभियान मातृभूमि नेपालको सामाजिक अंग बनेको छ ।

नेपालमा लगानीहरु थप्दै जाने, परोपकारी कार्य गर्ने, विदेशमा सिकेको ज्ञान, सीप र धनलाई मातृभूमिमा खर्च गर्न एनआरएनए एउटा फोरमको स्थापित भएको छ । डेढ दशक लामो अभियानले आरोह अवरोह पार गरेको छ । तर, अझै पनि एनआरएनए अभियानका आशालाई पूरा गर्न धेरै कार्यभार र जिम्मेवारी हामीसँग रहेका छन् ।

गैरआवासीय नेपाली दिदीबहिनी दाजुभाइ तथा पत्रकार मित्रहरु,

स्वदेश तथा विदेशमा रहेका आम नेपालीको आशा र भरोसाको केन्द्र रहेको एनआरएनएलाई अझै उचाईमा पुर्‍याउन धेरै काम गर्न सम्भव छ र सकिन्छ पनि । एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा मेरो अनुभव र सिपलाई उपयोग गर्न काठमाडौंमा १४–१७ अक्टूबर मा हुने आठौं अन्तर्राष्ट्रिय सम्मेलनमा महासचिव पदमा उम्मेद्वारी दिएको छु ।

संस्थागत सुधार र एनआरएनलाई साँच्चिकै एनआरएन बनाउने अभियानमा तपाईंहरुको साथ सहयोग र सदीक्षा रहने अपेक्षा गर्दछु ।

अर्जुनकुमार श्रेष्ठ
महासचिव पदको उम्मेदवार
हाल: सचिव
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्
मिति: १८ सेप्टेम्बर, २०१७

Post Comment