गैर आवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवमा डिबी क्षेत्री र मध्यपूर्व संयोजकमा धरम केसीले उम्मेदवारी घोषणा गर्नुभएको छ । क्षेत्री एनआरएनएको वर्तमान मध्यपूर्व संयोजक हुनुहुन्छ ।
साउदीमा कार्यरत संयोजकका उम्मेद्वार केसी एनआरएन साउदी अरवको स्थापनाकालदेखी विभिन्न टास्कफोर्स तथा एनआरएन आइसीसीका विभिन्न पदमा रहेर काम गरिसक्नु भएको छ ।
केसीले मध्यपुर्बका एनआरएनबिच आवश्यक समन्वय र संयोजन हुन नसकेको भन्दै मध्यपूर्व क्षेत्रको भावना र आवाजलाई केन्द्रमा पुर्याउन उम्मेदवारी दिएको बताउनुभयो ।
मध्यपूर्व प्रतिनिधि बिहिन बनेको भन्दै यहाँका अन्य देशका एनसीसीहरुलाई साझा क्षेत्रीय नेटवर्कमा राखेर काम गर्ने र संस्थालाई अझै मजबुत र कामदारमुखी बनाउन आवश्यक भूमिका निर्वाह गर्ने उद्देश्यले उम्मेदवारी दिएको क्षेत्री र केसीको भनाइ छ ।
एनआरएनएको अन्तर्राष्ट्रिय सम्मेलन आगामी अक्टोबर १४ देखि १६ तारिखमा काठमाडौंमा हुँदैछ । सम्मेलनमा विश्वका ७५ भन्दा बढी देशका एनआरएनको उपस्थिती रहने छ ।