अमेरिकामा एनआरएनए नेतृत्व जानेको तयारी,पदाधिकारीको उम्मेदवार बन्ने योजना

अमेरिकामा एनआरएनए नेतृत्व जानेको तयारी,पदाधिकारीको उम्मेदवार बन्ने योजना
एनआरएन विशेष
एनआरएन अमेरिका निर्वाचनको महाभारत सकिने नपाउँदै अमेरिकामा गैर आवासीय नेपाली संघको (एनआरएनए) नेतृत्वजानेको तयारी सुरु भएको छ । आउने अक्टोबर १३ देखि १७ तारिखसम्म काठ्माडौ हायात होटलमा हुन लागेको एनआरएनएको विश्व सम्मेलनमा नयाँ नेतृत्व चयन गर्ने छ ।
आईसीसीमा अध्यक्ष बाहेक उपाध्यक्ष लगायत अन्य पदमा अमेरिकाका पदाधिकारीले उम्मेदवार बन्ने योजना बनाएका छन् । उत्तर अमेरिका क्षेत्रिय संयोजक सोनाम लामा आईसीसी उपाध्यक्षमा उठ्ने अनौपचारिक तयारी शुरु गरिसकेको छन् । बाल्टिमोरमा शनिवार भएको एनआरएन अमेरिका भेलामा उनले खुलेर उपाध्यक्षमा उठ्ने भन्दै भोट मागेका थिए । वर्तमान अध्यक्ष शेष घले निकट मानिने लामा यस पटक अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भवन भट्टको समूहवाट उपाध्यक्ष उम्मेदवार हुने चर्चा छ ।
तर, यसवारेमा भने सोनामले खुलेर बताएका छैनन् । अध्यक्ष घले पत्नी जमुना घले अध्यक्षमा उठ्ने चर्चाले पनि उनी कुन समूहवाट उठ्ने खुल्न सकेका छैनन् । जमुना उठ्ने या नउठने एक साता भित्र तय हुने छ । शनिवार भेलामा सहभागी हुन केही दिनका लागि अमेरिका आई पुन नेपाल फर्किएका सोनामले नेपाल जाने बेलामा एनआरएन अमेरिकाका पदाधिकारीसँग चुनावमा सहयोग गर्न भनेका थिए ।
एनआरएन अमेरिकाका हालै निर्वाचित कार्यसमितिको पहिलो वैठक भित्रै बसेर सोनामले काठमाडौ जाने प्रतिनिधि छान्ने समूहमा पासांग लामालाई राख्न भनेका भनेका थिए ।
अमेरिका एनआरएनवाट उपाध्यक्षका अर्का आकांक्षी खगेन्द्र जीसी हुन् । जिसी दुइ बर्ष अघि पनि उपाध्यक्षमा उम्मेदवारी दिई पराजित भएका थिए । पराजित भएलगत्तै अलि निराश देखिएका जिसीलाई एनआरएनए संस्थापक अध्यक्ष उपेन्द्र महतोले त्यसबेला अहिले तयारी अलि कम भएकाले नजितेपनि अर्को पटक जित्नुहुन्छ भनेका थिए ।
त्यसवेला महतोले अर्को पटकलाई आफुले पनि सकृय भएर जिसीलाई सघाउने वचन दिएका थिए । भद्र स्वभावका जिसी एनआरएन नागरिकता समुहमा सहसंयोजक छन् । जिसीलाई भने यस पटक पनि उपाध्यक्ष जित्न बढीनै मेहनत गर्न जरूरी छ । किनभने पहिलो उनी अमेरिकावाट सर्वसम्मत उम्मेदवार हुन सकेका छैनन् ।
दोस्रो, एनआरएन अमेरिकाको निर्वाचनमा उनले अध्यक्षमा कृष्ण पोखेरेलको पक्षमा खुलेर मत मागेका थिए । यसले गर्दा पनि जिसीलाई आलोचना गर्नेहरु छन् ।
जिसीले अध्यक्ष घलेसँगपनि आफ्नो उम्मेदवारीका वारेमा सहयोग र सल्लाह मागेका थिए । तर, घलेले यसपटकलाई नउठन् फेरि दुइ बर्ष कुर्न उपयुक्त हुने सुझाव दिएको बताईएको छ ।
आफु निकट सोनाम उठेकाले पनि घलेले कुर्न सुझाव दिएको हुनुपर्छ । उत्तर अमेरिका क्षेत्रिय संयोजक (आरसी) र उपसंयोजक (डीआरसी) पदमा भने प्रतिस्पर्धा छ । वर्तमान डीआरसी एसी शेर्पाले आरसी उठ्ने घोषणा गरेका छन् । उनले यसका लागि प्रचार प्रसार समेत गरिसकेका छन् । घले र सोनाम निकट मानिने शेर्पा वासिंटन राज्यका लागि नेपालका महाबाणिज्यदुत पनि हुन् ।
तर, यही पदमा अन्यको पनि दावेदारी छ । न्यूयोर्कका श्री पराजुलीले आरसी उठ्ने वताएका छन् । मिलेर जाने यस्तो अवस्था नआए एसीसँग भिड्ने तयारी पराजुलीको छ ।
डीआरसीमा भने चार जनाको दावेदारी रहेको वताईएको छ । तर, कसैले औपचारिक रुपमा घोषणा गरेको छैन । आरसी र डीआरसी पदमा उत्तर अमेरिका क्षेत्रमा पर्ने देश मेक्सिको, अमेरिका र क्यानडाका प्रतिनिधिले भोट दिन पाउँछन् । यसमा मुख्य अमेरिका र क्यानडानै हो । यी दुई देशवाट करिव तीन सय मतदाता हुने छन् ।
एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल र गौरीराज जोशी बीच निर्वाचन अघि सिकागोको हिलटन होटलमा सहमति भएको थियो । यही सहमति अनुसार गौरी जोशीले आफु उम्मेदवार बन्न पाउनुपर्छ भन्दै अमेरिकाको टेनेसी अदालतमा हालको मुद्दा फिर्ता लिएका थिए ।
यो मुद्दा फिर्ता लिएपछिनै रोकिएको एनआरएन अमेरिकाको निर्वाचन प्रकृया अघि वढेको थियो । सिकागो सहमतिका लागि मुख्य भुमिका नेपाल र टेक्ससमा बस्ने हरिवोल भण्डारीको थियो ।
मुद्दा हालेको केही दिन पछि भण्डारी र गौरीबीच सम्पर्क भयो । गौरीले अझ पनि मिल्न सकिने बताएपछि भण्डारीले डा पौडेलसँग वार्ता गराएका थिए । राजनीतिमा अनुभवी भण्डारीले सहमती गर्न दुवै इच्छुक देखिएपछि एनआरएनए उपाध्यक्ष कुमार पन्तलाई समेत सहभागी गराई डा. पौडेल र गौरीबीच सिकागोमा भेटवार्ता गर्ने कार्यक्रम मिलाएका थिए ।
टेक्ससमा हल्ला हुन्छ भनेर सहमति गोप्य रुपमा सम्पन्न गर्न सिकागो छानिएको थियो । यो रणनीति अनुसार गौरी र हरिबोल सिकागो उडे । त्यस पछि पैडेल पनि त्यहाँ पुगे । कतारवाट कुमार पन्त पनि सिकागो आईपुगे ।
सिकागोको अन्तराष्ट्रिय एयरपोर्ट नजिकै रहेको हिल्टनमा वसेर उनीहरु बीच सहमती भयो । झण्डै पाँच घण्टा अमेरिका बसेर कुमार कतार फर्किए । यो पाँच घण्टाका लागि कुमारले करिव २५ घण्टाको उडान गरेका थिए । सहमतिमा गौरीले मुद्दा फिर्ता लिने, डा पौडेललाइ अध्यक्ष पदमा सघाउने सहमति भयो ।
गौरीलाई पनि डा पौडेलले उनले मागेको पदमा सहयोग गर्ने सहमति भएको थियो । यो सहमती मान्ने हो भने अब गौरीले कुन पदमा जान चाहान्छन् त्यस अनुसार डा पौडेलले सहयोग गर्नुपर्छ । गौरीले कुन पदमा जाने सार्वजनिक रुपमा भनेका छैनन् ।
उनी परामर्श गरिरहेको उनका निकट वताउँछन् । आरसी वा आईसीसीका अन्यपदमा जाने संभावनाका बारेमा परामर्श भईरहेको वताईएको छ । परिस्थिति प्रतिकुल भए कुनै पदमा नजाने अवस्था समेत आउन सक्ने उनका निकटले वताए । हरिबोल भने आफ्ने पहलमा भएको सिकागो सहमति पुर्ण रुपमा पालना गर्नु पर्छ भन्ने पक्षमा छन् ।
यस अनुसार उनी गौरीलाई सघाईरहेका छन् । सिकागो सहमति अनुसार नै डा पौडेलले पनि नेपाल जाने प्रतिनिधि छान्ने टिममा गौरीलाई प्रस्ताव गरेका हुन् । कुमार पन्तले भने गौरीलाई आरसीवा महत्वपुर्ण जिम्मेवारीको पदमै आउन सुझाव दिएका छन् ।
सिकागो सहमतिका वारेमा विभिन्न तर्क विकर्तहरु आईरहेको छ । आरसी पदमा सहमति भएको थियो, पैसा लेनदेन भयो जस्ता हल्लाहरु आएका छन् । तर, यो सहमतिमा बसेका चारै जनाले यी दुवै हल्लालाई असत्य दावी गरेका छन् । त्यहाँ न पैसाको लेनदेन भयो न पदको नै, सहमतिमा सहभागीले भने ।

Post Comment