गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्ए (एनआरएन)को आगामी कार्यकाल (२०१७–०१९)का लागि अध्यक्षमा टिबी कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्को छैटौँ विश्व सम्मेलनबाट उपाध्यक्षको जिम्मेवारी पूरा गरिसकेका कार्कीले सातौँ अधिवेशनमा अध्यक्षको प्रत्याशी रहने पत्रकारहरुमाझ घोषणा गरे ।
एनआरएनएको अभियानमा निरन्तर सक्रिय कार्की सन् २००६ मा एनआरएनएएनसीसी कतारको कार्यसमिति सदस्य हुँदै २००७ देखि २००९ मा आइसिसी सदस्य र पाँचौँ विश्व सम्मेलन ९२०११–२०१३०बाट सचिव पदमा रही रहिसकेका छन् ।
यसअघि अध्यक्षमा भवन भट्टले समेत उम्मेदवारी घोषणा गरिसकेका छन् ।
एनआरएनएआइसीसीको आसन्न विश्व सम्मेलन आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौँमा हुनेछ । विश्वका ५७ राष्ट्रमा एनआरएनको विस्तार भइसकेको छ ।