एनअारएन विश्व सम्मेलनमा अमेरिकाबाट एकसय ८१ जना प्रतिनिधि सहभागी हुने

एनअारएन विश्व सम्मेलनमा अमेरिकाबाट एकसय ८१ जना प्रतिनिधि सहभागी हुने
एनआरएन विशेष
गैर अावासीय नेपाली संघ (एनअारएन) को अक्टोबर दोस्रो साता काठमाडाैमा हुने विश्व सम्मेलनमा अमेरिकाबाट एकसय ८१ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
प्रतिनिधि छनाैट समितिले शनिबार राति एकसय ८१ जनाकै नाम छनोट गरेको छ । छनोटमा परेका सबैलाइ अाइतबारसम्म सम्पर्क राखेर प्रतिनिधि वापत दुइसय ५० डलर बुझाउन निर्देशन दिएको छ ।
प्रतिनिधि छनाैटमा अमेरिकाको प्रतिनिधित्व गर्नसक्ने र सक्षमलाइ पाखा लगाइएको गुनासो सदस्यहरूले गरेका छन् । ‘राम्रा भन्दा पनि हाम्रा’ भन्दै जथाभावी प्रतिनिधि छनोट गरिएको एनअारएन अमेरिकाका एक पुर्ब पदाधिकारीले बताए ।
यस पटकको प्रतिनिधि छनोटमा परेका केही नामावलीलाइ मूल्यांकन गर्दा योग्य भन्दा पनि मनलाग्दी रूपमा गरिएको देखिएको छ । एउटै परिवारका पती-पत्नी दुबैलाइ प्रतिनिधि बनाइएको ती पुर्व पदाधिकारीले बताए ।
स्रोतका अनुसार एनअारएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर सञ्जय थापाले अाफ्नी पत्नी पुनम थापालाइ प्रतिनिधि बनाएका छन् । त्यस्तै एनअारएन अमेरिकाका पुर्व सचिव शंकर खड्का र उनकी पत्नी संगीता गाैतम पनि प्रतिनिधि भएर काठमाडाैँ जादैछन् ।
उता जनसम्पर्क समिति अमेरिकाका उपसभापति चेतप्रसाद (सिपी) पाैडेल र उनकी पत्नी एलिजा थापा पाैडेल पनि एनअारएनको विश्व सम्मेलनमा प्रतिनिधिका रूपमा सहभागी हुँदैछन् । जनसम्पर्क समिति अमेरिकाका पुर्व संयोजक विष्णु सुवेदी र उनकी पत्नी रेणुका सुवेदी पनि प्रतिनिधिका रूपमा सहभागी भएर जाने भएका छन् ।
त्यस्तै प्रतिनिधि छनाैट समितिका सदस्य प्रमोद सिटाैलाले माैकाका चाैका हान्दै अाफ्नी पत्नी नर्वदा सिटाैलालाइ प्रतिनिधिमा सिफारिस गरेका छन् । सिटाैला दशैँ मान्नका लागि सपरिवार झापा पुगेका छन् । दशै मान्न नेपाल पुगेको मेसोमा उनी सपत्नी एनअारएनको विश्व सम्मेलनमा सहभागी हुने भएका छन् ।
जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख (अानन्द) विष्टलाइ प्रतिनिधिनै नबनाउन खेल खेलिएको स्रोतले बतायो । विष्टलाइ राख्नैपर्ने अवस्था देखिएपछि सबैभन्दा अन्तिममा उनको नाम राखिएको छ ।
एनअारएनका बारेमा सामान्य जानकारी समेत नभएकालाइ समेत भोटका लागि प्रतिनिधिका रूपमा राखिएको छ । विशेषगरि एनअारएनको अमेरिकाज क्षेत्र (अमेरिका र क्यानडा) को नेतृत्व हडप्ने नियतले प्रतिनिधि छनोट गरिएको छ ।
सबैभन्दा लाजमर्दो विषय चाहि विनोद भट्ट, बेद खरेल, धर्म श्रेष्ठ, विजय घिमिरे जस्ता एनअारएन बुझेकालाइ हटाएर केही व्यक्तिका पत्नीलाइ राखिएकोले यस पटक हायात होटलमा राम्रै चर्चा पाउने देखिएको छ ।
विध्यार्थीलाइ समेत प्रतिनिधिका रूपमा सहभागी गराएर लैजाने तयारी भएको छ ।

Post Comment