एनआरएनको महिला उपाध्यक्षमा रञ्जु वाग्लेको उम्मेदवारी घोषणा

एनआरएनको महिला उपाध्यक्षमा रञ्जु वाग्लेको उम्मेदवारी घोषणा
एनआरएन विशेष

एनआरएनको आठाैं अन्तराष्ट्रिय महाधिबेशनमा अष्ट्रेलिया निवासी रञ्जु वाग्ले थापाले महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् । संघको वर्तमान  प्रवक्ताको जिम्मेबारीमा रहेकी थापाले महिला उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी हुन् ।
असौजको अन्तिम साता राजधानीमा हुन लागेको विश्व सम्मेलनमा उपाध्यक्षको उम्मेदवारी घोषणा गरेकी थापाले लाप्राक नमुना बस्ती र एनआरएन भवन निर्माण साथै भिजन २०–२० आफ्नो एजेण्डा भएको बताइन् । संचालित परियोजनाहरुको निरन्तरता आफ्नो मुख्य एजेण्डा रहेको थापाले स्पष्ट पारिन् ।
राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाको संस्थापक महिला उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेकी थापाले महिला सशक्तिकरणमा विशेष पहल गर्ने प्रतिवद्धतामा जनाएकी छन् ।  दुई पटक अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत महिला उपसंयोजक बनेकी थापाले कुरा भन्दा काम गरेर देखाउने दावी गरिन् ।
थापा २०११–२०१३ मा एनआएनको महिला संयोजक र २०१३–२०१५ मा सचिवको जिम्मेवारीमा थिईन् । अष्ट्रेलियामा वस्दै आएकी थापाको महिला उपाध्यक्षमा रसिया निवासी सपिला राजभण्डारीसँग हुने भएको छ । एनआरएनको विधानमा यसपटक देखि महिला उपाध्यक्षको पद सिर्जना गरिएको छ ।

Post Comment